भेरी पुलको प्रतिक्षालयमा रंगरोगन

सुर्खेत, २० असार ।
भेरी पुलमा रहेको प्रतिक्षालयमा रंगरोगन गरिएको छ । सुर्खेत महिला जेसीजले शनिबार वीरेन्द्रनगर–१० मा पर्ने भेरी नदी पुल नजिकैको प्रतिक्षालय सरसफाई तथा रंगरोगन गरिएको हो । सुर्खेत महिला जेसीजका संस्थापक कार्यकारिणी उपाध्यक्ष स्व. तुलसी थापाको सम्झनामा भेरी नदी पुल नजिकै रहेको प्रतिक्षालयमा रंगरोगन गरेको बर्ष २०२० का अध्यक्ष प्रमी शाक्य खड्काले बताउनुभयो ।

‘सुर्खेत महिला जेसीजबाट हामीले हाम्रा संस्थापक कार्यकारिणी उपाध्यक्ष स्व. तुलसी थापाको बार्षिक पुण्यतिथीमा बैशाखको महिनामा कुनै न कुनै कार्यक्रम गर्ने गरेका थियौं तर यस पटक विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ को कारणले केही समयपछि हामीले स्व. थापा र उनका श्रीमान् स्व. विष्णु थापाको सम्झनामा निर्मित प्रतिक्षालयको यस पटक रंगरोगन गरेका छौं यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महिला जेसीका सदस्यहरुलाई म धन्यवाद व्यक्त गर्दछु ।’ अध्यक्ष शाक्यले भन्नुभयो ।

सुर्खेत महिला जेसीज बर्ष २०२० को नारा ‘महिला शक्ति, राष्ट्रको विकास’ लाई आत्मसाथ गर्दै कार्यकारिणी उपाध्यक्ष लक्ष्मी गुरुङ्ग, उपाध्यक्ष सिता भण्डारी महासचिव मनिषा कौशल सदस्य कमला बस्यालसहित ५ जना महिला मिलेर रंगरोगन गरेको बर्ष २०२० का अध्यक्ष शाक्यले जानकारी दिनुभयो । उक्त प्रतिक्षालयमा विषेश गरेर भेरीमा दाहासंस्कार गरेर फर्किने मलामीहरुकालागि खाजा खुवाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया