दलित बालबालिकालाई समाजसेवी थापाद्धारा सहयोग

जाजरकोट, २० असार ।

जाजरकोटका सहारा विहिन दलित बालबालिकालाई युवा समाजसेवी जयन्ती थापाले खाद्य तथा नगद सहयोग गरेकी छन् ।
उनले अभिभावक गुमाएर सहाराविहिन बनेका जाजरकोटका ५ दलित बालबालिकाहरुलाई सहयोग गरेकी हुन् ।

सुर्खेत माइती घर र रुकुम कर्म घर भएकी हाल अमेरीकामा बस्दै आएकी समाजसेवी थापाले आफनो निजि खर्चमा पढिरहेका छेडागाड नगरपालिका वडा नम्वर १२ चैतेटाकुराका प्रतिभा परियार, जय परियार, पुष्पा परियार र सन्तोष परियारका लागि १९ हजार २ सय बराबरको खाद्य तथा नगद सहयोग गरेकी हुन् ।

उनले स्थानीय नारायणी माद्यमिक विद्यालय र अर्का एक प्राथमिक विद्यालयमा पढिरहेका विद्याथीलाई पनि सहयोग गरेकी छन् ।
कुशेमालिका अनलाइनका सम्पादक जनक केसी मार्फत समाजसेवी थापाले चैते टाकुरामा रहेका तुलसी दमाइका चार भाइवहिनीहरुलाइ चामल, दाल, तेल, नुन सावुन, कापी कलम र नगद रकम दिएकी हन् ।

विगत दुइ वर्ष देखि बालबालिकालाई निजी खर्चमा पढाइरहेकी जयन्तीले लक डाउनका कारण अप्ठेरोमा परेको भन्दै उक्त खाद्य सामाग्रीहरु सहयोग गरेकी हन् ।

जयन्तीले पठाएको सहयोगवाट कुशेमालिका अनलाइनका सम्पादक केसीले १२ सय बराबरका कापी कलम लगायतका शैक्षिक सामाग्रीहरु, ५ वोरा चामल, १० किलो दाल, २० पोका तेल, १५ पाकेट नुन, लुगाधुने सावुन, आधा दर्जन नुहाउने सावुन र ८ हजार नगद रकम बालबालिकाकी दिदी तुल्सीलाई शुक्रवार हस्तारन्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया