सुर्खेत, २० असार ।
भेरीगंगा नगरपालिका–९ मा करेन्ट लागेरका एकजनाको मृत्यु भएको छ । मोटर लगाएर बारीमा पानी तान्ने क्रममा २५ वर्षिया मनोज गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
मोटरबाट पानी तान्ने क्रममा तारसट भएर करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका गुरुङ्गको उपचारकाक्रममा मेहेलकुना अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
युग संवाददाता । । २० असार २०७७, शनिबार ०८:०९