बसपार्कमा सार्वजनिक शौचालय

सुर्खेत, १९ असार ।

सुर्खेतको बसपार्कमा निमार्ण भइरहेको सार्वजनिक शौचालयको निमार्ण कार्य सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका र युएनडीपी तथा अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा वडा नम्बर ६ स्थित बसपार्कमा आधुनिक अपाङ्गता, लैङ्गिक र वातावरण मैत्री सार्वजनिक शौचालयको निमार्ण कार्य सम्पन्न भएको हो ।

उक्त शौचालय पिल्ड कार्यालय यूएनडीपीका प्रमुख रफिक सिद्धिकीले कार्यवहाक मेयर मोहनमाया ढकाललाई शुक्रवार हस्तान्तरण गरिएका छन् ।

 

उक्त शौचालय २८ लाख १८ हजार ३ सय ९३ रुपैयाँको लागतमा निमार्ण भएको हो । नगरपालिकाले ९ लाख ६३ हजार ८ सय ९०, यूएनडीपीले १५ लाख लाख ७२ हजार ६ सय ३३ रुपैयाँ र अन्तरनिर्भर समाज सुर्खेतले २ लाख ८१ ह्जार ८ सय ९३ रुपैयाँमा शौचालय निमार्ण भएको हो । उक्त शौचालयमा ३ वटा कमोड, ४ वटा पिन सेट र ४ वटा मेलयुरेनरी रहेको छ । (तस्विर साैजन्य: शुसिल भुषाल)

तपाईको प्रतिक्रिया