हरेक व्यक्तिको जीवन संघर्षमा आ–आफ्नै भोगाइ र अनुभव हुन्छन् । व्यक्तिको जीवन संघर्षभित्र प्रेरणा, पीडा र अवसरका कथा लुकेका हुन्छन् । चाहे त्यो जो सुकैको होस् । जीवन संघर्षको दौडानमा कतिपय सफल हुन्छन्, त कतिपय असफल पनि । तर जीवन संघर्षको दौडानमा आफुले गरेको मेहनतबाट प्राप्त प्रतिफल सबैलाई प्यारो र मिठो लाग्छ । यस्तै जीवन संघर्षका क्रममा मध्ययमवर्गिय परिवारमा हुर्केर मध्यपश्चिम विश्व विद्यालयका उपकुलपती बन्न सफल प्राणी शास्त्री प्राडा नन्दबहादुर सिंहको अनुभव हामीले यूगआह्वानको जम्काभेटमा समेटेका छौं ।
बाल्यकाल
मेरो जन्म २०२२ साल असार १ गते महाबै गाउँपालिका–४, डिल्लीकोट कालिकोटमा भएको हो । म गाउँमै मध्ययम वर्गिय परिवारमा जन्मे र गाउँमै हुर्के । गाउँकै स्कुलमा पढेँ । त्यती बेला अहिलेको जस्तो सजिलै कापी, कलम पाइदैन थियो । खरी र पाटी झुण्ड्याएर पढ्नु पथ्र्यो । अहिले जस्तो गाउँमा विद्यालयको भौतिक संरचना पनि थिएन ।
खुला चौरमा बसेर पढ्थौं । पानी पर्दा दिउसै दौडेर घर आउनु पथ्र्यो । त्यती खेरको एउटा कुरा मलाई अहिले पनि सम्झना आउँछ । हामी घर बाट स्कुल जादाँ र घर फर्किदा सँधै त्रासले आउजाउ गथ्र्यौ । किनकी बिचबाटोमा एकजना आफन्तले कुकुर पालेका थिए । त्यो कुकुरले हामीलाई सधँै लखटेर हैरान पाथ्र्यो । भागौ भने टोक्ने डर नभागौ भने मनदेखि त्रास हुन्थ्यो । म डरले काँप्थ्ये । त्यो बेला निगालाको कलम बनाएर मसी भरी लेख्थ्यौं । त्यसरी पढ्दै गर्दा म कक्षा १ मा टप भएँ । मलाई जिल्ला शिक्षा कार्यालयले सम्मान स्वरुप कापी उपहार पठाइ दियो । त्यो क्षण मेरो लागि निकै खुसी कुरा थियो । किनकी कापीमा लेख्न पाइने भयो, भनेर मनमा खुसीको सिमा नै थिएन ।
सम्झनामा भोगाइका अनुभुती
मेरो घरमा खासै खान लगाउन समस्या थिएन । २८ सालमा दैलेख जिल्लामा भोकमारी पर्दा मेरो घरले अन्न बेच्थ्यो । म आफैले घरमा उत्पादीत अन्न बोकेर दैलेख सदरमुकाम ल्याएर बेचेको याद छ । खेतबारीमा मल बोक्दाको याद अझँै ताजा छ । गाई भैंसी चराउनेदेखि हलो जोत्दै स्कुल धाउँथे । घरमा अभाव नभए पनि गाउँले जीवन घरायासी काम नगरी सुखै थिएन । पछि मेरो घर परिवारलाई कम्यूनिष्ट भनेर प्रहरीले दुख दिन थाले । गाउँमा अन्य कुनै कारणले मान्छे मर्दा हाम्रो परिवारले मारेको हो, भनेर झुट्टा मुद्दा लगाइयो । त्यसैकारण अनावश्यक दाईले दुख पाउनुभयो । तर पछि कारण पत्ता लागेपछि हामीलाइ फसाउन पाएनन् ।
कक्षा ५ बाट म दैलेख सदरमुकाममा आएर पढ्ने योजना थियो । तर विभिद कारणले कक्षा ८ बाट मात्रै दैलेख सदरमुकाम आएर कक्षा १० सम्म पढ्न पाएँ । म परीक्षामा कहिल्यै फेल भइन । सधँै अग्र स्थानमा परीक्षा उतीर्ण हुन्थे । मैले एसएलसी परीक्षा दिदा मसँगै दुई सय ५६ जना परीक्षामा सहभागी थिए । तर म बाहेक अरु कसैले त्यो व्याजको एसएलसी उतीर्ण गर्न सकेनन् । एसएलसीपछि म अध्ययनको शिलसिलामा काठ्माडौं थिएँ । मेरो बुवा गाउँको प्रधानपञ्च समेत हुनुहुन्थ्यो ।
संघर्ष गरे सफलता सम्भव
एसएलसी पास भएपछि काठ्माडौमा गएर आईएसी अध्ययन गरेँ । बीएसी, एमएसी टप हँुदै मैले धेरै भाषाको बिषयमा पनि अध्ययन गरेको छु । शिक्षा, मानविकी, कानुन, मेडिकल स्वास्थ्य संकायमा पनि मैले अध्ययन गरेको छु । मान्छेले कुनै क्षेत्रमा ज्ञान विना उपलब्धी हाँसील गर्न सक्दैन । म अहिले पनि ज्ञान लिदै छु । म पढ्दै गर्दा के गर्ने के बन्ने भन्ने कुरामा खासै चासो दिइन । जति सकिन्छ धेरै ज्ञान हाँसील गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । पढ्दै जाँदा मैले जापानबाट जीनोलिष्ट साइन्स पनि अध्ययन गरेँ ।
मानव उत्पतीबारे मलाई सानैदेखि खुबै उत्सुकता थियो । यस बिषयमा अध्यन गर्दै बैज्ञानिक बन्ने इच्छा पनि हो । कुनै पनि वस्तुको जीवन काल र गुण परिवर्तन सम्भव छ, छैन ? भन्ने बारे जान्न चाहन्थे । पछि अध्यन गर्दैगर्दा थाहाँ पाएँ । त्यो सम्भव पनि रहेछ । मलाई यो बिषय पढ्दा आत्म सन्तुष्टी मिलेको छ । अहिले एउटा विश्व विद्यालयको नेतृत्व गर्ने अवसर पाएको छु । जीवन संघर्षको क्रममा मेरो अनुभव, भोगाइ र ज्ञानका कारण आज म जुन ठाउँमा छु । निकै सन्तुष्ट छु ।
सेवामा चलेको दैनिकी
म सबैभन्दा पहिले मेरो स्वास्थ्ययलाई माया गर्छु । अनी म ठिक भएसम्म मेरो घरपरिवार, समाज र देशका लागि सेवा गर्ने प्रण गर्दछु । सबैभन्दा पहिलो कुरा म विहानै ४ देखि ६ बजेको बिचमा उठ्छु । नियमित १÷२ गिलास तातोपनी खान्छु । त्यसपछि ब्रस गर्ने, रेष्टरुम जाने र योगा गर्ने गर्दछु । योगापछि मेरो काम सुरु हुन्छ । दिनभर काममा व्यस्त हुन्छु ।
प्राय रातीको १२÷१ बजे सुत्छु । ४÷५ घण्टा मात्रै मेरो सुताई हुन्छ । मलाइ लाग्छ, खुट्टा तान्ने आफै चिप्लिन्छन् हरेक व्यक्तिको जीवन संघर्षमा आ–आफ्नै भोगाइ र अनुभव हुन्छन् । व्यक्तिको जीवन संघर्षभित्र प्रेरणा, पीडा र अवसरका कथा लुकेका हुन्छन् । चाहे त्यो जो सुकैको होस् । जीवन संघर्षको दौडानमा कतिपय सफल हुन्छन्, त कतिपय असफल पनि । तर जीवन संघर्षको दौडानमा आफुले गरेको मेहनतबाट प्राप्त प्रतिफल सबैलाई प्यारो र मिठो लाग्छ ।
आफ्नो, समाज र देशको कल्याणका लागि काम गर्न सक्नुपर्छ । अधिकांश समय मैले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको काम गर्दै समय बिताइरहेको छु । विश्व विद्यालयको शिक्षा अनुसन्धान मुलक र व्यवहारिक बनाउने मेरो प्रण छ । आवश्यक भौतीक संरचना निर्माणका कामदेखि विश्व विद्यालयका सम्भावनाको खोजी गरिरहेको छु । मेरो कार्यकालमा विश्व विद्यालयलाइ सबैले वाह वाह भन्ने काम गर्ने योजना छ ।
सहयोगी र प्रेरणाका स्रोत
जीवन संघर्षको दौडानमा मेरो परिवारले मलाई सबै भन्दा धेरै साथ सहयोग गरेका छन् । मेरो शिक्षाका प्रेरणाका स्रोत मेरो आदरणीय दाई प्रेमबहादुर सिंह हुन् । म विश्व विद्यालयको उपकुलपती हुदाँसम्म मलाई साथ सहयोग गर्ने सबैप्रति नमन छ । उपकुलपती हुनु पूर्व पनि म आर्टीकल लेख्ने, अध्ययन गर्ने लगायतका धेरै काममा व्यस्त नै हुन्थ्येँ । त्रिविको धेरै कमिटीमा रहेर पनि काम गरेको छु । सहयोग र प्रेरणाको कुरा गर्दा सानैमा गाउँबाट दैलेख सदरमुकाम अध्ययन गर्न आउँदाको मलाई याद आयो । त्यो बेला गाउँका सबै आफन्तले घर खर्चका लागि बचाइ राखेको थोरै थोरै पैंसा मनाई नासो दिन्थ्ये ।
किनकी भविष्यमा मलाई धेरै प्रगती गरोस् र गाउँको सेवा गरोस् भन्न्ने आफन्तको सोचाइ थियो । तर अहिले ती दिनहरु सम्झीदा आफन्तको लागि ऋणी महशुस हुन्छ । जती सेवा गरे पनि उनीहरुका लागि अँझै केही गर्न नसके झैँ अनुभुती हुन्छ । अब आफ्नो ठाउँ, प्रदेश बनाउने हो । मेरो परिवारमा मेरा आठ भाइ, बहिनी थिए । दिदीहरुले पढ्न पाएनन् । निकै दुखले बाबा, आमाले हामीलाइ पढाउनुभयो । त्यसको ऋण तिर्न पनि मैले अब समाज सेवा गर्नैपर्छ ।
म विश्व विद्यालयमा आउँदा पनि सबै दल र व्यक्तिबाट साथ पाएको छु । अब विश्व विद्यालयको जनशक्ति सजिलै बजारमा खप्ने खालको उत्पादन गर्ने अभियानमा छु । मैले विश्व विद्यालयलाई मेरो छोरो सम्झेको छु । यसलाई असल अभिभावकत्वको रुपमा आफ्नो भुमिका निभाउने छु । मेरो अबको योगदान नै यसको संरक्षणका लागि हुनेछ । एमयूको एक पैंसा पनि भ्रष्टचार गर्नेलाइ तह लगाइने छ ।
खुट्टा तान्ने आफै चिप्लिन्छन्
धेरै मेरा साथीहरु मभन्दा माथी पनि छन् । त कतिपयले धेरै दुखको जिन्दगी पनि बिताइरहेका छन् । मेरो प्रगतीमा पनि डाहा गर्ने र खुट्टा तान्ने होलान् । तर खुटटा तान्ने आफै चिप्लिन्छन् । आफुले आफ्नो रप्तार छोड्न हुन्न । सकारात्मक कामका लागि अघि बढ्नुपर्छ । दर्शन र चिन्तनका लागि सधँै एक मन लाएर काम गर्ने गर्दछु ।
इमान्दारी भएर काम गर्ने हो भने एक दिन पक्कै पनि जो सुकैको मुल्यांकन हुन्छ । व्यक्ति नबिग्रौँ आचरण ध्वस्त नपारौं । समाज र देश परिवर्तन गर्न सकिन्छ । धेरै कुरा गरेर अब नागरिकले विश्वास गर्नेवाला छैनन् । अब काम गर्ने बेला हो । एक व्यक्तिको भुमिकाले देशमा लोडसेडिङ्ग हट्छ, भने अब के एक व्यक्तिको भुमिकाल मध्यपश्चिम विश्व विद्यालयलाई देशकै एक नम्बरमा बनाउन सकिदैन र ? म त्यही भुमिका निभाउन लागिपरेको छु ।
सबै निकायसँगको समन्वयमा एमयूलाई सुधार्ने अभियानमा छुँ । यसका लागि रातदिन नभनी काम गरिरहेको छुँ । म जस्तो विश्व विद्यालयको नेतृत्व गर्न सक्ने क्षमता भएका गाउँमा धेरै बालबालिका छन् । तीनै बालकालिकालाइ आफ्नै ठाउँमा उच्च शिक्षा हाँसील गरी गाउँठाउँको सेवा गर्ने मौका दिने अबको रणनीति हो ।
(२०७७ असार १९ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)
युग संवाददाता । । १९ असार २०७७, शुक्रबार १०:४१