विपन्न घरपरिवारलाई बाख्रा वितरण

सुर्खेत, १८ असार ।

सुर्खेत सिम्ता गाउँपालिकाले अति विपन्न २१ घरपरिवारलाई उन्नत जातको बाख्रा वितरण गरेको छ । गाउँपालिकाको ९० प्रतिशत आर्थिक सहयोग र कृषकहरुको १० प्रतिशत लगानीमा प्रत्येक व्यक्ती २ वटाका दरले ४२ वटा बाख्रा वितरण गरिएको हो ।

गाउँपालिका ९ वटै वडाका २१ अति विपन्न घरपरिवारलाई छनौट गरी उन्नत जातको बोयर बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गरिबीको रेखामुनी रहेका र स्वरोजगार बन्ने इच्छा भएर पनि रकम अभाव भएका व्यक्तीहरुलाई बाख्रा दिइएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए । गाउँपालिकाले बाख्रा वितरणको जिम्मा अपाङ्ग उत्थान केन्द्र सिम्तालाई दिएको थियो ।

उत्थानको आयोजनमा आज वडा नम्बर ६ मा एक कार्यक्रमको आयोजना गरि कृषकलाई बाख्रा प्रदान गरिएको उत्थानका सचिव अनिता सिङ ठकुरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया