गिरिजाको ९६ औँ जन्मजयन्ती मनाइँयो

सुर्खेत, १८ असार ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती आज सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम गरेर मनाईएको छ । कोरोना माहामारीका कारण भव्य कार्यक्रमको आयोजना नगरेपनि उनको सम्झना गरेर जन्मजयन्ती मनाईएको छ ।

गिरीजाप्रसाद कोईराला प्रतिस्ठान सुर्खेतले, पाटी कार्यालय सुर्खेतमा उनको फोटामा माल्यार्पण गर्दै जन्मजन्ती मनाएको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले स्वर्गिय गिरिजाप्रसाद कोईरालालाई सम्झना गर्दै उनले गरेका कामको प्रशंसा गरेका थिए ।
उनले कोईराला जस्तो काँग्रेसमा नेतित्व गर्ने क्षमता भएको व्यक्ती नहुदाँ पाटी सञ्चालनमा समस्या भएको भन्दै अहिले कोईरालाको अभाव खट्किएको जिकिर गरे । नेता थानीले कोईरालाले नेपाली राजनितिमा खेलेको भुमिकाको चर्चा गर्दै जनताले सधै गिरीजावावुलाई सम्झने गरेको उल्लेख गरे । कोईरालाकै नेतृत्वमा देशमा ठुलाठुला राजनितिक परिवर्तन भएको भन्दै उनले थालनी गरेको मार्गदर्शन हिड्नुको विकल्प नभएको औल्याए ।


यस्तै काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले गिरिजा बाबुको नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेको बताए । उनले तत्कालिन नेकपा माओवादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका गिरीजाप्रसालले नै खेलेको जिकिर गरे ।

कोइराला देशमा हालसम्म सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्न सफल नेता हुन् । पाँच पटकसम्म प्रधानमन्त्री भएका कोईरालाको राजनीतिक यात्रा विक्रम सम्मत २००४ सालमा विराटनगर जुट मिलको श्रमिक नेताको रुपबाट सुरु भएको हो । विसं.१९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको हो ।

कार्यक्रम गिरीजाप्रसाद कोईराला प्रतिस्ठान सुर्खेतका सभापति ललित भटराईको सभापतित्वमा सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार