चौरजहारीमा पीसीआर मेसिन जडान

प्रचण्ड खत्री ।

रुकुम पश्चिम, १८ असार ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कोभिड—१९ भए नभएको पत्ता लगाउन आरडीटी गर्न पीसीआर मेसिन खरिद गरेको छ । पुर्ब गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको पहलमा नगरपालिकाले पीसीआर मेसिन खरिद गरेको हो ।

क्वारेन्टाइनमा बसेकाहरुको स्वाव संकलन गरेर सुर्खेत, जुम्ला, तथा दाङमा पठाउदा रिपोर्ट ढिलो आउने हुँदा नगरपालिकाले जिल्लामा मै कोरोना जाँच्नका लागि मेसिन खरिद गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, ल्याब स्थापनाका लागि पनि आवस्यक पर्ने सामान नगरपालिकाले जडान गरिसकेको निमित्त प्रमुख प्रसाशाकीय अधिकृत राम बहादुर केसीले जानकारी दिए । नगरपालिकाले नगरमै रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रयोगसालामा खटाई सकेको जनाएको छ ।

प्रदेशबाट गएको टोलीसंग तालिम गराउने तथा अन्य स्थानीय तहसंग ल्याब टेक्निसियन र स्वास्थ्यकर्मीको माग गर्ने नगरप्रमुख विशाल शर्माले बताए । मेसिन सञ्चालनमा आएपछि रुकुम पश्चिम, जाजरकोट, डोल्पा र संल्यान जिल्लाका नागरिकले सेवा पाउने नगरप्रमुख शर्माको भनाई छ । नगरप्रमुख शर्माका अनुसार जिल्ला आयुर्वेदिक अस्पतालको भवनमा स्थापना भएको प्रयोगशालामा दैनिकी ९६ स्वाव चेक गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया