सिम्तामा कोरोना संक्रमित सबै घर फर्किए

दुर्गा विसी ।

सुर्खेत, १८ असार ।

सिम्ता गाउँपालिका सुर्खेतमा कोरोना पुष्टि भएका तीन जना डिस्चार्ज भए घर फर्केका छन् । गाउँपालिकाले सबैलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै रिपोर्ट नेगेटिभ आएका तीन जनालाई घर पठाएको हो ।

सिम्ता गाउँपालिकाको बागेश्वरी मावि राकमको आइसोलेसनमा रहेका ३ जना कोरोना जितेर विहीवार घर फर्केका हुन् । यस अघि २ जना कोरोना जितेर घर फर्किसकेका थिए । सिम्तामा ४८ वटा क्वारेन्टाइनमा भारत लगायत अन्य मुलुकबाट आएका २ हजार ७ सय ३९ जना क्वारेन्टाइनमा बसेका थिए । संकास्पद देखिएका ५ सय ५१ जनाको पीसीआर परीक्षण गरिएका मध्ये ५ जनामा कोरोना पुष्टी भएको थियो ।

पाँच जना नै निको भएर घर फर्किसकेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए । अहिले क्वारेन्टाइनमा ६१ ज्ना मात्र रहेका छन् । केही दिन अघि सिम्ता ८ डाँडाखालीकी २५ वर्षीया महिला जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको स्वाव परिक्षण गर्दा कोरोना देखिएको थियो । उनको परिवारको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सिम्तामा कोरानाको जोखिम कम भएको भन्दै सिम्ता गाउँपालिकाले सबैलाई सुरक्षित हुन आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया