जाजरकोटमा ७० प्रतिशत रोपाइँ सकियो

जाजरकोट, १८ असार ।

जाजरकोटमा ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्षको अनुकुल मौसमले समयमै रोपाइँ भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत वर्ष यही अवधीमा ४० प्रतिशत मात्र रोपाइँ भएको थियो । जाजरकोटमा तीन हजार सात सय ६३ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गर्ने गरिएको छ ।

खेतीयोग्य जमिनमध्ये दुई हजार ६ सय ३४ हेक्टर अर्थात ७० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । जिल्लाका कुदु, फेरा, मटेला, कालेगाँउ, होलुजिउला, दल्ली, मनघाट लगायतका स्थानमा धान खेती गर्ने गरिन्छ । जिल्लामा करीव आठ हजार मेट्रिक टन धान उत्पादन हुन्छ ।

कुल खेती योग्य २५ हजार तीन सय ८० हेक्टर मध्य तीन हजार सात सय ६३ मेट्रिक टन क्षेत्रफलमा धान खेती गर्ने गरिन्छ । धेरैजसो किसानले रोपाई गरिसकेका छन् । बाँकी किसानले पनि यो महिनाको अन्त सम्म रोपाई गरेर सिध्याउने कृषि विकास कार्यालयको अनुमान छ । कार्यालय प्रमुख अधिकारीले भने खहरे खोला र मुल फुटेपछि रोपाई गर्न बाँकी जमिनमा मात्र रोपाई गर्न बाँकी छ । सिंचाई सुविधा भएका धेरैजसो ठाँउमा रोपाई भैसकेको छ ।

पहाडी भूभाग भएकोले समयमा धान रोप्दा उत्पादनमा वृद्धि हुने उनको भनाइ छ । रासायनिक मलको सट्टा गोठेमल देशभर रासायनिक मलको अभाव छ । जताततै मलको हाहाकार भएको बेला जाजरकोटमा भने मल अभावले छुन सकेको छैन । यो समयमा धान र मकै खेती गर्ने गरिन्छ । तर धान तथा मकै दुवै बालीमा जाजरकोटका किसानले गोठेमल प्रयोग गर्ने गरेको पाइएको छ । जाजरकोटका किसानले धान खेतीमा रासायनिक मल प्रयोग नगर्ने भएकोले पनि समयमै रोपाइँ भएको हो । यहाँका किसानले गोठेमल प्रयोग गरेरै मकै र धान रोप्छन् ।

धेरै किसानले रासायनिक मलको प्रयोग विनै मकै र धान उत्पादन गर्छन भेरी नगरपालिका १ का किसान दलबहादुर खत्रीले भने, ’देशभर मलको हाहाकार छ । तर जाजरकोटमा मल नहुँदा पनि कुनै असर छैन । मल नै प्रयोग नगर्ने भएपछि किन चाहियो र

तपाईको प्रतिक्रिया