स्कुल ड्रेसमै किताव बोकेर जागिर खोज्न गए

बुझ्नेहरुका लागि पदभन्दा व्यक्तिको प्रतिष्ठाले ठूलो अर्थ राख्छ । किनकी समाजमा एउटै पद र प्रतिष्ठा कसैको हुँदैन । तर सत्य कुरा के हो भने हरेक पद र पेशाको आ–आफ्नै महत्व हुन्छ । झट्ट हेर्दा कार्यालय सहयोगी हाम्रो समाजले सानो जागिर ठान्छ । तर जिम्मेवारी एउटा हाकिम सरहकै हुन्छ । जसरी कार्यालय प्रमुखले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउछन्, ठिक त्यसैगरी कार्यालयलाई चिरिच्याट्टा गराउने काम कार्यालय सहयोगीले गरेको हुन्छ । यही पेशामा रमाएका ज्ञानबहादुर न्यौपानेसँग आजको जम्काभेट । प्रस्तुत छ,

१२ वर्षमा स्कुल गएँ

मरो जन्म २०२१ साल चैत १५ वीरेन्द्रनगर–४ न्यौपाने टोलमा भएको हो । आमा पविसरा र वुवा आत्मदेव न्यौपानेको म पहिलो सन्तान हुँ । उबेला टोलटोलमा स्कुल थिएनन् । पढाइको महत्व त्यति धेरैलाई थाहा पनि थिएन । म त १२ वर्ष पुगेपछि मात्र स्कुल जान थालेको हुँ । भैरवस्थान स्कुलमा कक्षा ३ सम्म अध्ययन गरँे । कक्षा ३ मा जिल्लास्तरीय परीक्षा हुन्थ्यो । म तेस्रो स्थानमा आएँको थिएँ । चारदेखि कक्षा ६ सम्म जन माविमा अध्ययन गरेँ ।

बुवाले निशुल्क पढाइ दिन भन्दै जन माविलाई तत्कालिन राजा महाराजाले बजाउने घण्टि दिनु भएको थियो । घरको आर्थिक अवस्था राम्रो थिएन । सानोतिनो कामहरु गर्नुपर्ने बाध्यता थियो । कक्षा ५ मा पढ्दै गर्दा तत्कालिन राप्ति अञ्चल बसोबास आयोग भन्ने संस्थामा केही समय काम गरँे । कामका ध्यान जान थालेपछि पढाइ बिग्रदै गयो ।

अन्ततः कक्षा ६ मा असफल भएँ । फेल भएपछि बुवाले पढाउन सक्दिन भन्नुभयो । त्यसपछि कहिल्यै स्कुल गइँन । आमाको उपचार गर्न जागिर खाएँ आमा पहिलेदेखि नै बिरामी हुनुहुन्थ्यो । हरेक वर्ष आमालाई उपचार गर्न भारतको लखनउ लिनुपथ्र्याे । उपचार र भाडा निकै महंगो थियो । सुर्खेतबाट नेपालगञ्जसम्म जहाजमा जानुपथ्र्याे । त्योबेला एकसय ६० रुपैयाँ प्लेन भाडा थियो । आमालाई लखनउमै छोडेर बुवा रोपाइ गर्न सुर्खेत आउनु हुथ्यो ।

आमाको उपचारमा धेरै रकम खर्च भयो । आमाले सधै औषधि खानुपर्ने भएपछि औषधि किन्नकै लागि मैले जागिर खोजेँ । स्कुल गएको बेला तत्कालिन एकिकृत सामुदायिक स्वास्थ्य विकास परियोजना क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा जागिर खुलेको थाहा पाएँ । जागिरका लागि अन्य साथीहरुले पनि निवेदन दिएका रहेछन् । छनौट हुनेदिन स्कुलबाटै किताव बोकेर अफिसमा गएँ । म स्कुले डे«स र किताव बोकेर जागिर खोज्न गएको थिएँ । कार्यालय प्रमुखले तिमी पढ्न थालेको मान्छे किन जागिर चाहियो भनेर सोधे । मैले घरका समस्या सुनाएँ ।

आमाको औषधि किन्न जसरी पनि जागिर खानु पर्ने बाध्यता बताएँ । त्यहीदिन तत्कालिन कार्यालय प्रमुख धनदेवी भण्डारीले जागिर पक्का गरिदिइन् । अन्ततः २०३९ साल साउन १८ गतेदेखि कार्यालय सहयोगीका रुपमा जागिर सुरु गरेँ । हाकिमले भत्ता नपाएपछि… मेरो सुरुवाती तलव एकसय ६० रुपैयाँ थियो । खाजा भत्ता भनेर २५ रुपैयाँ पाइन्थ्यो । तलवको एक रुपैयाँसमेत खर्च गर्न पाइन्थेन । तबलभन्दा पाँच रुपैयाँ कम दिए पनि बुवाले फ्याँकी दिनुहुन्थ्यो । तर एउटा हाकिमले मेरो खाजा भत्ता नदिने निर्णय ग¥यो ।


लेखापालसँग मिलेर पैसा खाइदिन खोजेछ । मैले विरोध गरेँ । सकेपछि हटाउथ्यो होला । तर २०५० मा लोकसेवा पास गरेर स्थायी भइसकेको थिएँ । त्यो हाकिमले अन्ततः मलाइ सरुवा गरिदियो । गाडी, ड्राइभर र पाले साथीहरुलाई निवेदनमा सही गर्न लगाएछ । तत्कालिन मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका हाकिमसँग मिलेर मलाइ साटाखानी सरुवा गरिदियो । सरुवा भएको दिन अफिसमा विदाइ कार्यक्रम थियो । तर त्योदिन हाकिम आएन । करिव पाँच वर्ष साटाखानी स्वास्थ्य चौकीमा सेवा गरेँ । त्यसपछि कट्कुवा स्वास्थ्यचौकीमा सरुवा भएँ । अहिले प्रदेश लेखा नियन्त्रण कार्यालयमा कार्यरत छु । धेरै हाकिमहरु रिसालु जागिर खाएको झण्डै ३८ पुग्यो । आजसम्म धेरै हाकिमहरुसँग काम गरेको छु ।

कुनै हाकिमहरु धेरै सहयोगी र मायालु हुन्छन् । तर धेरै हाकिमहरु रिसालु हुन्थे । जस्तोसुकै हाकिम आए पनि म आफ्नो कामप्रति इमान्दार बनेँ । कसैको चित्त दुखाइन । तर कसैले मेरो तलवको एक रुपैयाँ तलमाथि गर्न खोजे भने सहन सक्थिन । म संकालु पनि थिएँ । कुनै हाकिमले त यो ज्ञानबहादुरसँग सक्दिन पनि भन्थे । मलाइ भने तलव र भत्ता आफूले नहेर्दासम्म चित्त बुझ्थेन । यही बानीले पनि कतिपय हाकिमहरु रिसाउँथे । रिसाए पनि अफ्ठेरो मान्थिन । किनकी अफिसमा आउने सबै कर्मचारीहरु मलाई आफ्नै छोराछोरी जस्ता लाग्छन् । छोराछोरीको प्रगति नै मेरो खुशी म पद भन्दा पनि कामप्रति विश्वास गर्छु । सानैदेखि दुःखहरु भोग्दै आएँ । तर पनि हिम्मत हारिन । आफू भलो त जगत भलो भन्ने मान्यता राखँे ।

सानो पद ज्ञानबहादुर न्यौपाने कार्यालय सहयोगी, प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेत राष्ट्रसेवक बुझ्नेहरुका लागि पदभन्दा व्यक्तिको प्रतिष्ठाले ठूलो अर्थ राख्छ । किनकी समाजमा एउटै पद र प्रतिष्ठा कसैको हुँदैन । तर सत्य कुरा के हो भने हरेक पद र पेशाको आ–आफ्नै महत्व हुन्छ । झट्ट हेर्दा कार्यालय सहयोगी हाम्रो समाजले सानो जागिर ठान्छ । तर जिम्मेवारी एउटा हाकिम सरहकै हुन्छ । जसरी कार्यालय प्रमुखले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउछन्, ठिक त्यसैगरी कार्यालयलाई चिरिच्याट्टा गराउने काम कार्यालय सहयोगीले गरेको हुन्छ ।

यही पेशामा रमाएका ज्ञानबहादुर न्यौपानेसँग आजको जम्काभेट । प्रस्तुत छ, भनेर कहिलै निराश भइँन । बरु आफूले धेरै प्रगति गर्न नसके पनि छोराछोरीले प्रगति हेर्ने रहर राखेँ । भगवनाले त आँट म पु¥याउँछु भनेजस्तै गरी छोराछोरीलाई पढाएँ । अहिले जेठी छोरी दैलेखमा बन अधिकृत छिन् । छोराले कट्कुवा स्वास्थ्य चौकीमा अस्थायी जागिर खाएको छ । माइली छोरीले विरगंजबाट एमडी गर्दैछ । कान्छि छोरीले आइएसी र कान्छो छोराले कक्षा १२ पास गरेको छ । छोराछोरीको यही प्रगति नै मेरो सबैभन्दा ठूलो खुशी हो । अनि घर छोडेर हिँडे… छोराछोरी गल्ती नगरोस् भनेर बुवाले घरको कडा शासन लगाउनु हुन्थ्यो ।

सानो गल्ती ग¥यो कि खाना नै दिनु हुन्थेन । बुवा रिसाएको दिन आमाले लुकाएर खान राखिदिनु भयो भने खान पाइन्थ्यो । नत्र भोकै सुत्नुपथ्र्याे । एकदिन साथीले दिएको सर्ट लगाएर घर आएको थिएँ । वुवाले मर्नेसम्म हुनेगरी पिट्नु भयो । त्यो सर्ट फिर्ता नगर्दासम्म घर छिर्ने दिनु भएन । म ठूलो भएपछि बुवाले नै मागि विहे गरिदिनु भयो । पञ्चेबाजा र घोडामा बेहुली लिन गएका थियौँ । तर ठूलो हुँदासम्म पनि एक गलत काममा रुपैयाँ खर्च दिनु भएन ।

साथीभाइसँग रमाइलो गर्न पाइने थिएन । भाइ बहिनीहरु ठूलो भइसकेका थिए । जेठो छोरा भएका कारण बुवाआमाबाट छुटिनैपर्ने थियो । त्यही भएर एकदिन तलव बुझेर म घर छोडेर हिँडे । त्यो दिनदेखि बुवाआमाबाट छुटिएँ । घर थिएन । अर्काको घरमा कोठा लिएर जीवन विताएँ । विस्तारै अंशबण्डा भयो । अहिले यो स्थानसम्म आइपुगेको छु ।

असार १४ गते आइतबार प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार