वुहत खानेपानी आयोजनाको शिलान्यास

दुर्गा विसी ।

सल्यान, १७ असार ।

सल्यानका ५ गाउँमा लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा ३ को ५ गाउँमा आयोजनाको शिलान्यास गरिएको हो ।

नगर प्रमुख गोविन्द कुमार पुनले आयोजनाको शिलान्यास गर्दै वडाबासीले भोग्दै आएको खानेपानीको समस्या अब टर्ने बताए । खेतगारा औलको मुलाखोला मुहानमा खानेपानीको शिलान्यास कार्यक्रम तय गरिएको थियो । खेतगारा, मेलटाकुरा, किमटाकुरा, खानिगाउँ र वरापोखरा गाउँको १ सय ७६ घरधुरीका १ हजार भन्दा बढी नागरिक उक्त खानेपानी योजनाबाट लाभान्वित हुने जनाएको छ ।

खानेपानी योजनाको लागि विशेष पहल गर्ने र बजेट विनियोजन गर्ने नगर प्रमुखलाई स्थानीयले निकै प्रसंसा गरेका छन् । निर्माण कम्पनीले आयोजनाको काम छिट्टै सक्ने जनाएको छ । शिलान्यासमा जेयुपि प्रालिका विश्वविक्रम जोसीले योजनाको गुनस्तरतासँगै समयमै सम्पन्नता हुने दावी गरे ।

बनगाड कुपिण्डे नगरपालिकाका इन्जिनियर महेश देवकोटाले आयोजना सम्पन्न गर्न ३ करोड ५४ लाख लागत लाग्ने बताए । उनका अनुसार प्रदेश,संघ र नगरपालिकाको साझेदारिमा काम हुने छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले नगरका ठुला योजना दुर्तगतिमा अघि बढ्ने बताए । शिलान्यास कार्यक्रम वडा अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया