चिपर्टले हानेर श्रीमानको हत्या

प्रचण्ड खत्री ।

रुकुम पूर्व, १७ असार ।

रुकुम पूर्वमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । सिस्ने गाउँपालिका २ का २६ वर्षीय विछोड विकलाई उनको श्रीमती रेश्मा विकले दाउराको चिपर्टले हानेर हत्या गरेकी हुन् ।

पारिवारीक विवादका कारण मंगलबार राति ११ बजे रेश्मा श्रीमान्को हत्या गरेको वडा अध्यक्ष जीवन केसीले जानकारी दिए । बुधबार बिहान घटनाबारे खबर पाएपछि प्रहरीलाई खबर गरेको वडा अध्यक्ष केसीको भनाई छ ।

विछोडको टाउको, नाक र मुखबाट धेरै रगत बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुुकमले जनाएको छ । प्रबक्ता यबम प्रहरी निरीक्षक दिनेश गुरुङको टोलीले रेश्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया