विपद् न्यूनिकरणका लागि छैन पूर्वतयारी र सतर्कता

सुर्खेत, १७ असार ।

घटनाः १

जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरमा पहिलरो गयो । पहिरोले गणेश विकको घर नै बगायो । घरमा सुतिरहेका गणेश गम्भीर घाइते भए । उनलाई हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज पु¥याउनु प¥यो । गणेशका छोरा पुष्कर विक अझै वेपत्ता छन् ।

घटनाः २

सोमबार राती सुर्खेतको बाबियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो गयो । पहिरोमा परी पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भयो । उनका श्रीमान् खमारी खोला जलविद्युत् आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन् । उल्लेखित घटना केही प्रतिनिधि मात्रै हुन् । यसअघि पनि २०७१ साउन २८ र २९ गते गएको बाढीले सुर्खेतका विभिन्न ठाउँमा ठुलो जनधनको नोक्सान भयो ।

बावियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो गएपछि जम्मा गएका स्थानीयहरु ।

एकसय ३४ जनाको मृत्यु भयो । अरबौंको धन सम्पती बाढीमा बग्यो । बाढीका कारण घरबार गुमाएका सयौं परिवार अहिले पनि विस्तापित जीवन बिताइरहेका छन् । हालसम्म न उनीहरुको पुनसर््थापना भएको छ, न त जोखिमयुक्त बस्तीमा बाढीलाई रोक्न तटबन्ध नै गरिएको छ । २०७० असार ३ गते कालिकोटको सान्नीघाट खोलामा गएको बाढीपहिरोमा परी विद्युतका कर्मचारीसहित ११ जनाले ज्यान गुमाए ।

कालिकोटका अधिकांश बस्ती अहिले पनि पहिरोको जोखिममा छन् । तर घटनापछि उद्दार गर्ने बाहेक त्यसलाई रोक्नका लागि पूर्वतयारी सावधानी शून्य नै छ । यही कारण कर्णालीमा बर्सेनी जोखिम छ, रोकथाम छैन वर्षातमा बाढी पहिरोको जोखिम विपद् न्यूनिकरणका लागि छैन पूर्वतयारी र सतर्कता बाढी र पहिरोका कारण धेरै धनजनको नोक्सान भइरहेको छ । कर्णालीमा वर्षेनी बाढी पहिरोले जनधनको क्षती हुनेक्रम रोकिएको छैन ।

अव्यवस्थित बसोवास र विकासे गतिविधिकै कारण धेरै स्थानमा बाढी पहिरो जाँदा क्षति हुने गरेको छ । यसवर्ष पनि मनसुनी वर्षा सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको छ । तर स्थानीयदेखि प्रदेश सरकारसँग सम्भावित बाढी पहिरोबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्ने कुनै पूर्वतयारीका कार्यक्रम नै छैनन् । वर्षाले बाढी पहिरोबाट निम्तिने जोखिम न्यूनिकरणबारे यहाँका सरकार बेखबर छन् । प्रकोप व्यवस्थापनका नाममा सचेतनाका कार्यक्रममै केन्द्रित यहाँका सरकार एकले अर्कोलाई आरोप लगाउँदै बाढी पहिरो रोकथाम तथा जोखिम न्यूनिकरणमा लापारवाही गर्दै आएका हुन् । भएका पूर्वतयारीका कार्यक्रमसमेत प्रभावकारी कार्यन्वयन भएका छैनन् ।


वडादेखि प्रदेश स्तरसम्म विपद् व्यवस्थापन तथा दैवी प्रकोप उद्दार समिति गठन भएका छन् । तर ती समितिले प्रकोप व्यवस्थापनमा भुमिका खेल्न सकेका छैनन् । सुर्खेतका पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले भने, ‘नगरले भ्याएसम्म काम गरेका छौं, बाढी पहिरो रोकथामका लागि ठुला योजनामा काम गर्न प्रदेश र संघकै मुख ताग्नुपर्ने अवस्था छ ।’

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले प्रदेश सरकार विपद् व्यवस्थापनमा लागि परेको दाबी गरे । ‘प्रदेश विपद् व्यवस्थापन समितिको पहलमा सबै निकायसँग समन्वय गरी काम भइरहेको छ’ उनले भने, ‘सबै मन्त्रालय र कार्यालयले आ आफ्नो बिषयसँग सम्बन्धित प्रकोप जोखिम न्यूनिकरणका काम गर्छन् । कसैले सचेतना फैलाउनेदेखि कसैले पूर्वाधार निर्माणका काम गर्छन् ।’ जिल्ला र स्थानीय तहसँगको सहकार्यमा पीडीतलाई राहत, उद्दारदेखि बाढी पहिरोले क्षती पु¥याएका संरचना पुनर्निर्माणका काम जारी रहेको उनको भनाइ छ । यद्यपी मन्त्रालयसँग ठोस र दिर्घकालिन कार्यक्रम भने केही पनि देखिएनन् ।

जोखिम छ, रोकथाम छैन

दुईवर्ष अघि जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीमा गएको पहिरोले दुई घर पुर्दा आठ बालबालिकासहित नौ जनाको ज्यान गयो । गतवर्ष जिल्लाको गर्खाकोटमा गएको पहिरोमा परी दुई जनाले ज्यान गुमाए ।

नलगाड–३ करुवामा पहिरोले गाउँ नै जोखिममा पर्दा २० घर विस्थापीत भए । जिल्लामा हरेकवर्ष बाढी पहिरोले मानवीय मात्र नभई पशु र खेतियोग्य जमीनमा क्षती पु¥याउदै आएको छ । केही दिनअघि सदरमुकामस्थित जाजरकोट–डोल्पा सडकको रेडक्रस नजिक गएको पहिरोले एक साता यातायात सेवा नै अवरुद्ध भयो ।

पहिरोको मुख्य कारण नै जथाभावी खनिएका सडक हुन् । पहिरोकै कारण जिल्लाका ग्रामिण सडक वर्षा नलाग्दै बन्द भइसकेका छन् । डोजर चालक नै ईन्जिनियर भएर जथाभावी खनेका सडकले बाढी पहिरोको जोखिम बढाएको हो । वर्षातको समयमा पहिरोको डरले धेरै परिवार रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीय विर्खबहादुर कार्कीले बताए । उनले भने, ‘डिजाइन स्टमेट विना अन्धाधुन्ध डोजरले पखेरा खनेर सडक बनाइएका छन् ।

यीनै सडकले पहिरोको जोखिम बढेको हो ।’ स्थानीय सरकारले बाढी पहिरो जोखिम न्युनिकरण र रोकथामका लागि कुनै उपाय नअपनाएको उनको बुझाइ छ । स्थानीय सरकार डोजरले बाटो खन्न ठिक्क भएपछि निम्तिने जोखिमबारे कुनै योजना नबनाएको स्थानीयवासीको आरोप छ । जिल्ला सदरमुकाम र आसपासका बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । जथाभावी सडक निर्माण र घर निर्माणका बेला पहिरोको जोखिमलाई ख्याल नगर्नुले पहिरोमा परी धेरैले ज्यान गुमाएको दीपनारायण कार्कीको भनाइ ।

तीव्र वन विनास र कालोपत्रे गरिएको सडकमा नाला र हुमपाइपको व्यवस्था नगर्नुले जिल्ला सदरमुकाम पहिरोको जोखिममा छ । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले पहिरो रोकथामका योजनामा नगरको बजेट अपुग भएपछि संघ र प्रदेश सरकारसँग सहयोग मागिएको बताए । जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले तीनै तहका सरकारले विपत सामनाका लागि पूर्व तयारी नगरेका कारण जोखिम बढेको तर्क गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार