कर्णालीमा पनि आइपुग्यो सलह किरा

सुर्खेत, १७ असार ।

केही दिनअघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ । मंगलबार सल्यानका विभिन्न स्थान र सुर्खेतको लेखवेशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूह देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ । नार्कका सूचना अधिकारी केशवराज पोखरेलका अनुसार मंगलबार विहान सलहको सानो समूह देखिएको हो ।

दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको हुनसक्ने पोखरेलको अनुमान छ । ‘शदरथपुरमा सानो समूह देखिए पनि कर्णालीमा सलहको बथान नै आइसकेको हुनसक्छ’ उनले भने, ‘अब सलह नियन्त्रणका लागि किसानले सजकता अपनाउने समय आइसक्यो ।’ सुर्खेतमा सहल देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाएको छ ।

सलहलाई धपाउने उपायको खोजी गर्दै दश वटै जिल्लामा कार्यालय, कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्था र किसानलाई उच्च निगरानीमा राखिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । ‘सलह नियन्त्रण्काका लागि प्रदेशसँग छुट्टै उपायहरु छैनन्, तर यसलाई धपाउने र नियन्त्रण गर्नका लागि कृषिसँग काम गर्ने सबैसँग समन्वयको प्रयास भइरहेको छ’ मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डितले भने, ‘दश वटै जिल्लामा जिल्लाका कृषि कार्यालयलाई उच्च सतर्कता अपाएनका छौँ ।’

सलहले किसानले लगाएको खेतबालीमा ठूलो क्षति पु¥याउन सक्नेभन्दै मन्त्रालयले धानको वीउ छोप्न र ड्रम बजाउन किसानलाई सुझाव दिएको छ । ‘सलहको बथानलाई नष्ट गर्न ड्रोनबाट विषाधि छर्कनुपर्छ, कर्णालीमा तत्काल त्यो सम्भव छैन’ उनले भने, ‘अब किसानले धानको बीउ छोप्नु र ठूलो आवाजमा ड्रम ठोक्नुको विकल्प छैन ।’ सहलको बथान देख्ने वित्तिकै जतिसक्यो ठूलो आवाजमा थाली, म्युजिक, ड्रम बजाएर धपाउन सकिने उनको भनाइ छ ।

हावाको गतिसँगै केही सलहको सानो झुण्ड कर्णालीमा प्रवेश गरेको मन्त्रालयको अनुमान छ । ‘यो दस दिनमा पाँच हजार किलोमिटरसम्म यात्रा गर्छ, अहिले सानो झुण्ड आए पनि भोलीका दिनमा बथाउन नै आउन सक्छ’ पण्डितले भने, ‘प्रदेश र स्थानीय सरकारले सलह मार्ने र धपाउने उपाय खोज्ने बेला भइसकेको छ ।’

तपाईको प्रतिक्रिया