छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

सल्यान, १७ असार ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सल्यानमा एकजना पक्राउ परेका छन् । शारदा नगरपालिका–१२ का ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा सल्यान प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपेर पटक पटक ती पुरुषले छोरीलाई बलात्कार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनलाई घर नजिकैबाट पक्राउ गरिएको खतिवडाले बताए ।


काठमाण्डौमा आफन्तकोमा बस्दै आइरहेकी बालिका बन्दाबन्दीको समयमा घर आएकी थिइन् । बैशाख महिना देखि नै विभिन्न डर त्रास देखाइ करणी गरी रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ । उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार