रोकिएको चक्रपथ निर्माणको काम सुचारु

हुम्ला, १७ असार ।

हुम्ला सदरमुकाम सिमकोटको रिङरोडको निर्माण कार्य सुचारु भएको छ । बजेट अभावमा रोकिएको काम फेरि सुचारु भएको हो ।


कर्णाली प्रदेशसभाका सदस्य एवं प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले प्रदेश पुर्वाधार विशेष कार्यक्रमबाट ५० लाख बजेटको व्यवस्था गरेपछि रिङरोडको निर्माण कार्य अगाडि बढेको हो । अहिले सडक निमार्णको काम धमाधम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर रोकायाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार