आमा क्यान्सर, बाबा पहिरोले गुमाएपछि …

एक बालिका प्रदेश सांसद पदमा खड्काद्वारा पालनपोषण गर्ने घोषणा

सुर्खेत, १६ साउन ।
आमाको २ बर्ष पहिले क्यान्सर र बाबा पहिरोले लग्यो । त्यसपछि औपचारिक रूपमै टुहुरी बनेकी कालीकोट पचालझरना–३ खार्दुकी सरिता कठायतसंगै ६ दिदीबहिनी बेसाहारा बनेका छन् । दुवै अभिभावक गुमाउँदा बेसाहारा बनेका सरिता दिदीबहिनीहरुका लागि कोही सहयोगी जुटेका छैनन ।

ती अभिभावक विहिन बालिकाहरुको संरक्षण, शिक्षा, स्वास्थ्य, गास, वास, कपास जुटाउने तर्फ न त राज्यको ध्यान पुगेको छ न त सामाजिक संघ संस्थाहरुले नै चासो दिएका छन् । कालिकोट बिकट थियो त्यसैमा पचालझरनाको खार्दु झनै दुर्गम छ । दुर्गममा जन्मिएका उनीहरू झन दुर्गम भए । पहिरोले बाबासंगै उनीहरूका सपना पुरेपछि ६ दिदीबहिनी निरास बनेका छन् ।

सामाजिक हिसाबले बिभिन्न कार्य गर्दै आएकी कर्णाली प्रदेश सासंद पदमा खड्का कहाँ रैबार पुग्यो उनले ६ टुहुरी दिदिबहिनीमध्ये एक जनालाई आफुले पढाउने जिम्मेबारी लिइन । पहिरोबाट बाबा क्यान्सरबाट आमा गुमाएकी कालीकोट पचालझरना गाउँपालिका–३ खार्दुकी सरिता कठायतलाई प्रदेश सांसद तथा महिला नेतृ पद्यम खडकाले पढाउने जिम्मा लिने भएकी छन् ।

सांसद खड्काले आमाबाबा बिहिन टुहुरी सरिता कठायतलाई पढाउने जिम्मा लिन लागेको उनकी माइजु अल्किना बमले जानकारी दिइन । खार्दुको लेकमा दार चिरानीमा गएका ५० बर्षिया ध्वजविर कठायतको पहिरोमा परी श्रावण ३ गते शनिबार निधन भएको थियो । भने केही समय अगाडी सरिताकी आमा हरिकला कठायतको क्यान्सरका कारण निधन भएको थियो ।

पदमा खड्काको वचन एकजनालाई म पढाउँछु
नेकपा एमालेबाट सासंद बनेकी पदमा खड्का अरूभन्दा फरक पहिचान बनाउन उद्दत छन् । कालीकोटमा पहिरो जाँदा उनी सुर्खेतमा पत्रपत्रिका मार्फत घटनाको सुचना संकल गरिरहेकी थिइन । दुखान्त खबर लिएर आउने घटनाहरुलाई नजिकबाट स्पर्श गरेकी खड्काले पहिरोमा परेर बाबा गुमाएकी सरितालाई पढाउने सोच बनाइन ।

उसोत केहि बर्ष अगाडिबाट जाजरकोट दहका चक्र खडकालाई पनि यसरी नै पढाउने जिम्मा लगेकी थिइन । शुक्रबार युगन्यूजसंग कुरा गर्दै सांसद खडकाले भनिन् ‘प्राकृतिक बिपद सबैको बस भन्दा टाढाको कुरा हो । यो बिपदको घडिमा हामी सचेत मानब हुनुको हैसियतले मावता देखाउनु पर्छ मैले पनि त्यहि मानवता अनुसार एकजनालाई पढाउने जिम्मा लिने सोचेकी छु । त्यहि अनुसार आफन्तजनसंग कुरा भैरहेको छ । मेरो सामाजिक उत्तरदायित्वको काम पनि हो’ उनले भनिन ।

को हुन खडका ?
३०३८ सालमा सुर्खेतको वीरेन्द्रनगर–१० मा जन्मेकी खडका २०५८ सालदेखि बाम राजनितिमा सक्रिय नेतृ हुन । २०५९ सालमा एमालेको क्षेत्रिय कमिटिमा रहेर काम गर्दै आएकी सांसद खडका पछिल्लो नेकपाको एकीकरणपछि सुर्खेत जिल्ला कमिटी सदस्य रहेकी उनी नेकपाको सामानुपातिकबाट प्रदेश सांसद पर्न सफल भएकी हुन ।

तपाईको प्रतिक्रिया