घाँस काट्दा लडेर एक महिलाको मृत्यु

दुर्गा विसी
सल्यान, १५ साउन ।
सल्यानको बनगाड कुपिण्डे वडा नं ९ गिठ्ठाचौर निवासी ललिता वोहरा बाख्रा चराउन जङ्गल गएको समयमा रुखमा चढेर घाँस काट्ने क्रममै लडेर मृत्यु भएको छ । बुधबार दिउसो बाख्रा चराउन जङ्गलमा गएको बेला घास काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जनाएको छ ।


बनगाड कुपिण्डे नगरपालिका ९ गिठाचौर निवासी २० वर्षिया बोहराको बुधबार वेलुकि तिर बाख्रा चराउन र सँगै घाँस काट्दै गर्दा घर नजिकैको गोठेभार जङ्गल बाट करिव २ सय ५० मिटर तल खसेर ज्यान गएको मृतकका परिवारले वताएका छन् । भित्रीखोलाको तलाउमा परेर मृत्यु भएको वडा अध्यक्ष इन्द्र कुमाइले जानकारी दिनु भएको छ । मृतक महिला ५ महिना अघि मात्रै विवाह भएको थियोे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार