निरन्तर वर्षासँगै कर्णालीमा बाढी र पहिरोको वितण्डा

कालिकोटमा दुई जनाको मृत्यु, ६ जना अझै वेपत्ता – बारेकोटमा मात्रै आठ करोड बराबरको क्षति

सुर्खेत, १४ साउन ।
गत असार १५ गते सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो गयो । पहिरोमा परी पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भएको हो । उनका श्रीमान डम्मर पुलामी गम्भीर घाइते भए । यस्तै साउन २ गते दैलेखको ठाँटीकाँध गाउँपालिकामा वडा नं. ३ र ४ पहिरो गयो । पहिरोले वडा नं. ३ खुडखुडीका रंगबहादुर आलेको घर बगाएको छ ।

घरसँगै बगेका रंगबहादुर आले, श्रीमती चन्द्रा आले र छोरालाई जीवितै उद्धार गरियो । घटनामा चन्द्राको मेरुदण्ड भाँचिएको छ भने बाबु र छोरा पनि गम्भीर घाइते छन् । खुड्खुडीका अन्य १३ घर बाहाकोट बजारका पाँच घर पहिरोको उच्च जोखिममा छन् । सोही दिनको पहिरोले वडा नं. ४ को भेरीपातलका धिरवहादुर लामिछानेका दुइ वटा गोरु र दर वटा भैसी बगायो ।

रुकुमपश्चिममा बाँफिकोट गाउँपालिका–९ स्यालामा जसवीर कामीको घर बगायो । पहिरोले उनका छोरा नवीन विक र स्थानीय बलबहादुर सुनारको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी ठगबहादुर केसीका अनुसार पहिरोले जसवीरकी पत्नी झुपी कामी, बुहारी व्युझना कामी, नातिनीहरु कोपिला र रितु कामीको घाइते भए । मंगलबार बिहान घरमै सुतिरहेको अवस्थामा पहिरो आएको थियो । घरको माथिल्लो तलामा सुतेकालाहरुको भाग्न सफल भएका थिए भने तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए ।

उल्लेखित घटना केही प्राकृतिक प्रकोपका केही प्रतिनिधि मात्र हुन । भौगोलिक विकटता र बाढीपहिरोको उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा प्रकृतिले बर्षेनी अर्बौको क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार साउनको १३ दिनमा दुई करोड ३५ लाख ३१ हजार सातसय रुपैयाँ बराबरको क्षति भएको छ । जसमध्ये दैलेखमा ४२ लाख पाँच हजार, कालिकोटमा १७ लाख ३६ हजार सातसय, रुकुमपश्चिममा २७ लाख २० हजार, हुम्लामा १८ लखा ५८ हजार र मुगुमा ७० हजार बराबरको क्षति पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एसएसपी राजेशनाथ बास्तोलले दिएको जानकारी अनुसार साउनदेखि हालसम्म बाढीपहिरोबाट कर्णाली प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । प्रहरीको तथ्याङ्क अनुसार बाढी पहिरोबाट सुर्खेत, दैलेख र कालिकोटमा एक/एक जना र रुकुमपश्चिममा दुइ मृत्यु भएको छ । त्यस्तै पहिरोमापरी रुकुमपश्चिममा चार जना, कालिकोटमा एक जना र दैलेखमा ६ जना गरी कुल ११ जना घाइते भएका छन् ।

बाढीपहिरोले ३८ वटा घरमा क्षति पुगेको छ भने १० वटा पशु चौपायाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बाढी बहिरोबाट कर्णाली प्रदेशमा ३७ लाख ५६ हजार सातसय रुपैयाँ बराबरको क्षति पुगेको छ । कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क अनुसार कालिकोटमा १० लाख ३६ हजार सात सय र रुकुमपश्चिममा २७ लाख २० हजार रुपैयाँ क्षति पुगेको हो । पहिरोले तीन वटा घर बगाएको छ । बाढी र पहिरोका कारण सडकहरु पनि अवरुद्ध भएका छन् । यस्तै खेतीयोग्य जमिन पनि नोक्सान भएको प्रहरीले जनाएको छ ।

भोलीसम्म ठूलो वर्षाको सम्भावना
कर्णाली प्रदेशमा भोली (बिहीबार) सम्म ठूलो बर्षाको सम्भावना रहेको छ । कर्णालीका दश जिल्लामध्ये सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट, कालिकोट र दैलेखमा ठूलो वर्षा हुने सम्भावना छ । रातीमा पनि बर्षा हुने भएका कारण पाँच जिल्लामा विशेष सचेतना अपनाउन जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोद पराजुलीले जानकारी दिए ।


‘कर्णालीका ६ जिल्लामा बिहीबारसम्म ठूलो वर्षाको सम्भावना छ’ उनले भने ‘बर्षापछि बाढी पहिरो आउन सक्छ सतर्कता अपनाऔँ ।’  खोलानाला र नदी किनारका बस्तीहरुले विशेष सावधानी अपनाउन उनको सुझाव छ । तर डोल्पा, हुम्ला, जुम्ला र मुगुमा भने ठूलो वर्षाको सम्भावना नरहेको उनको भनाइ छ ।

कालिकोटमा दुई जनाको मृत्यु, ६ जना अझै वेपत्ता
कालीकोटको रास्कोट नगरपालिका–१ मा पहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । त्यस्तै पाँच जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सोमबार राती परेको अविरल वर्षाका कारण रास्कोट नगरपालिका–१ मा रहेको जयबहादुर शाहीको घर पहिरोमा पुरिएको थियो ।

घर पुरिँदा शाहीसहित अन्य चार जना बेपत्ता भएका थिए । मंगलबार बिहान जयबहादुर शाहीको शव भेटिएको थियो । अन्य पाँच जना बेपत्ता छन् । यस्तै जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–७ की केश्पुरा शाही पनि बेपत्ता भएकी छिन् । उनी रास्कोट नगरपालिका–१ चोक्टेवाडामा साथीको घरमा आएकी थिइन् । त्यहाँ ५८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै मंगलबार नै तिलागुफा नगरपालिका वडा नं. ७ टाकुल्ला खोला तर्ने क्रममा अविसरा शाही बेपत्ता भएकी छिन् । रास्कोट नगरपालिका वडा नम्बर ९ बालुखेतमा दुई घर भत्किएका छन् । खाँठडाचक्रकी उनी छोरीलाई भेटेर घर फर्कदै गर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।

बारेकोटमा मात्रै आठ करोड बराबरको क्षति
असार २५ गते जाजरकोटको बारेकोटमा गएको पहिरोले आठ करोडभन्दा बढी क्षति पु¥याएको छ । गाउँपालिकाले संकलन गरेको तथ्याङ्क अनुसार पहिरोबाट आठ करोड ८८ लाख ८६ हजार चारसय रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ । पहिरोले घर भत्काउँदा ६ करोड ४८ लाख १७ हजार बराबरका क्षति पुगेको छ ।

यस्तै ४१ लाख ८० हजार बराबरको खानेपानी संरचना बगेको छ । पहिरोका कारण एक हजार ५५ घर परिवार विस्थापित बनेका छन् । बारेकोटको वडा नं ४ ५, ६ मा पहिरोमा परी १४ जनाको मृत्यु भएको थियो । दुई जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटको तथ्याङ्क अनुसार बारेकोटका तीन वटै वडामा गरी ५५ घर पूर्णरूपमा र चारसय २३ घरमा आशिंक क्षति पुगेको छ ।

अझै सात सय ७७ घर पहिरोको उच्च जोखिममा छन् । पहिरोबाट सयौस्थानीय विस्थापित छन् । तर पहिरो गएको २१ दिन पुगि सक्दा पनि उनीहरुको पुनसर््थापना हुन सकेको छैन । पीडितको पुनसर््थापनामा तीन तहका सरकारहरु मौन बसेपछि हाल स्थानीय युवाहरुले राहत जुटाउने अभियान थालेका छन् । मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्च भनेर २५ हजार उपलब्ध गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार