कर्णालीमा १६६९ जना कोरोना संक्रमित डिष्चार्ज

सुर्खेत, १३ साउन ।

कर्णाली प्रदेशमा मंगलवार ११ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट १ जना, गु्र्भाकोट आइसोलेसन सेन्टरबाट २ जना, दैलेख अस्पतालबाट ४ जना र रुकुम पश्चिम अस्पतालबाट ४ जना संक्रमणमुक्त भई घर फर्किएका हुन् । यो संगै प्रदेशमा मंगलवारसम्म एक हजार ६ सय ६९ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएकाको स्वास्थ्य अधिकृत नवराज कंडेलले जानकारी दिए ।

यस्तै मंगलवार कर्णालीमा चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य अधिकृत कंडेलले बताए । यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार ९ सय १४ पुगेको छ ।

हाल कर्णालीमा २ सय ३९ जना संक्रिय संक्रमितको विीभन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट ६ जनाको भने मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया