एमयूका २६ जनाको नाममा ४८ लाख बेरुजू (नामावली रकमसहित)

सुर्खेत, १३ साउन ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय का पूर्वरजिष्ट्रारदेखि ठेकेदारको नाममा ४८ लाखभन्दा बढी रकम बेरुजु देखिएको छ । यस्तै मानविकी संकायको केन्द्रिय क्याम्पसको भवन निर्माण गर्ने कम्पनी कविर÷गोपाल÷जेभीको नाममा सबैभन्दा बढी २३ लाख ९० हजार रुपैयाँ बेरुजु छ । स्रोतका अनुसार तत्कालिन रजिष्ट्रार ठेगेन्द्रप्रसाद गिरीको नाममा दुईलाख १५ हजार रुपैयाँ बेरुजु छ । उनीसँगै निलम्वनमा परेका अधिकृत जीवनकुमार थापाको नाममा ७० हजार, पूर्व उपकुलपति पदमलाल देवकोटाका स्वकीय सचिव सुदन गौलीको नाममा एकलाख ५७ हजार, अधिकृत गगनसिंह बोहोराका नाममा दुईलाख ४५ हजार आठसय ८२ रुपैयाँ बेरुजु छ । उनीहरु अख्तियारको छानविनमा परेपछि निलम्बनमा परेका थिए । त्यस्तै तत्कालिन उपप्रध्यापक सुनिल देवकोटाका नाममा ५० हजार रुपैयाँ बेरुजु छ । हाल उनले जागिर छोडी सकेका छन् ।


विश्वविद्यालयका तत्कालिन मुख्य सहायक स्टोर गणेश बहादुर केसीको नाममा एक लाख ३३ हजार रुपैयाँ बेरुजु छ । यद्यपी अख्तियारको छानविनमा परेका उनले सफाइ पाइसकेका छन् । त्यस्तै तत्कालिन अनुगमन अधिकृत पारसराम गिरीको नामा एकलाख रुपैयाँ बेरुजु छ । त्यस्तै मुख्य सहायक विजया गिरीको नाममा तीस हजार र कार्यालय सहयोगी निरञ्जन कार्कीका नाममा ३२ हजार बेरुजु छ । दुबै जनाले हाल जागिर छोडिसकेका छन् । त्यस्तै साविक वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा कार्यरत रहँदा सहप्राध्यापक शरदचन्द्र कस्यपको नाममा दश हजार पाँच सय, उप–प्राध्यापक गजेन्द्र भण्डारीका नाममा २० हजार, तत्कालिन इन्जिनियरिङ संकायका डिन ललितबिक्रम राणाको नाममा ३० हजार रुपैयाँ बेरुजु छ । राणाले डिन पद छोडेर गएका थिए । पूर्वरजिष्ट्रार महेन्द्रकुमार मल्लको नाममा पनि २३ हजार ७० रुपैयाँ बेरुजु रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार