दुर्गा विसी ।
सुर्खेत, १२ साउन ।
सुर्खेतको सिम्ता बहुमुखी क्याम्पस सिम्ताको ३ वर्ष अघि सञ्चालित महायज्ञमा बोलेको १ करोड ५० लाख उठाउन अझै बाँकी रहेको छ । सिम्ता बहुमुखी क्याम्पस सिम्ता सुर्खेतका क्याम्पस प्रमुख वकिल वस्नेतले वाक्क दानमा वोलेका रकम छिट्टै वुझाउन पटक पटक सुचना, जानकारी गरे पनि विभिन्न निकाय र व्यक्तिले उक्त वाक्क दान नबुझाएको वुझिएको छ । क्याम्पसको ताकेतालाई स्थानीयले व्यवस्था गरेका छन् ।
क्याम्पसको भौतिक पुर्वाधार निर्माणका लागि महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा सिम्तालिबासीले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर अहिले उनीहरुले सहयोग दिन आलटाल गरिरहेका छन् । सहयोगका लागि बोलिएको रकम छिटो सिला लेखमा नाम स्थापित गर्न क्याम्पसले आग्रह गरेको छ । १ करोड ५० लाख रकम उठन अझै बाँकी रहेको छ ।
युग संवाददाता । । १२ श्रावण २०७७, सोमबार १४:१०