तुलराज पाण्डे
कालिकोट, ११ साउन ।
कालिकोटको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले आफु विरुद्ध समाचार लेखेको आरोपमा पत्रकारलाई धम्क्याइएको प्रति नेपाल पत्रकार महासंघ कालीकोटले प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाल पत्रकार महासंघ शाखा कालीकोट अध्यक्ष तुलाराम पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
मनिंग पोष्ट संवावदाता नन्दकेश अधिकारी तिला न्यूज एवं रेडियो सान्नित्रिवेणीका स्टेसन मेनेजर विरेन्द्र आचार्य, हिमालय टाइम्सका सम्वावदाता रमेश सुनारलगायत ४ जनालाई अर्को व्यक्तिसंग कुरा गर्दै आफु विरुद्ध सधै लागि रहे आफ्ना कार्यकता र आफन्तले मार्न सक्छन् भन्ने अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण रहेको छ ।
नेपाल पत्रकार महासंघ कालीकोट शाखाका संस्थापक सदस्य समेत रहेका गाउँपालिका अध्यक्ष चौलागाईले पत्रकार तथा आफ्नै गाउँपालिकाका नागरिकलाई धम्क्याउनु गलत ठहरिएको बताए । समाचार प्रति चित्त नबुझे कानुनको बाटो रहेको हुदै पनि पत्रकारलाई आफ्ना मान्छेले मार्न सक्छन् भन्दै दिएको अभिव्यक्तिलाई फिर्ता लिई पत्रकारलाई स्वतन्त्रपूर्वक समाचार सन्देश र विचार सम्प्रेषण गर्ने वातावरण मिलाउन पत्रकार महासंघ कालीकोटले जोड्दार माग गरेको छ ।
युग संवाददाता । । ११ श्रावण २०७७, आईतवार २०:५७