पहिरो प्रभावितलाई २३ लाख बराबरको सामाग्री हस्तान्तरण

चन्दबहादुर विश्वकर्मा

जाजरकोट, ११ साउन ।

जाजरकोट जिल्लामा असार २५ गते भएको अविरल वर्षाका कारणले बारेकोट गाँउपालिकामा गएको पहिराले ठुलो धन जनको क्षेति भएको छ । उक्त पहिराबाट १२ जनाको ज्यान गुमाएका छन् भने १ हजार २ सय २ जना उक्त्र विपदबाट प्रभावित भएका छन् । पहिरो प्रभावितलाई २३ लाख बारबरको राहत सामाग्रीहरु वितरण गरिएको छ ।

केयर नेपाल र सुआहारा दोस्रो परियोजनाको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियानले २३ लाख बराबरकोको सामाग्री गाउपालिकालाई हस्तान्तरण गरेको हो । यसरी प्रभावितहरुलाई कम्बल, म्याट, भाँडाकुडा लगायत सरसफाइको सामाग्रीहरु हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक रनबहादुर कार्कीले जानकारी दिए ।

यतिबृला स्थानीय संस्थाले देखाएको मानविय सद्भाव र सहयोगको प्रशंसा गाँउपालिकाको उपाध्यक्ष श्री ओमा शाहीले बताए । यस विषम पस्थितिमा बारेकोट पहिरो प्रभावित मानिसहरुलाई यो सहयोग अल्पकालिन भएको र स्थायी बोसोबास र रोजगार, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी सरकारले लिनु पर्ने र सहयोग अप्राप्त भएको र अझ पिडितहरुलाई सहयोगको आवश्यक परेको र सरकारबाट सहयोगको अपेक्षामा रहेको कार्यकारी निर्देशकले बताए ।

गाँपालिकाकी उपाध्यक्षले पहाडी क्षेत्र विकास अभियान, केयर नेपाल र सुआहारा दोस्रो परियोजनालाई प्रसंसनिय कार्य गरेकोमा धन्यवाद व्यकत गरे । उक्त सहयोग सामाग्री पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष श्री पश्दिपजंग शाहद्धारा गाँउपालिकालाई हस्तान्रण गरिएको थियो ।

तपाईको प्रतिक्रिया