राष्ट्रसेवक

जागिरमा रहँदासम्म कर्णालीमै सेवा गर्नेछु

सल्यानको बनगाडकुपिन्डे नगरपालिकामा लेखा अधिकृतको रुपमा कार्यरत छन् दिनेश भण्डारी । बुवा भिमबहादुर भण्डारी र आमा मोहनामाया पन्त (भण्डारी) बाट विसं २०४४ साल असार ४ गते उनको जन्म भएको हो । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ रानीघाटमा उनको जन्म भएको हो । प्रस्तुत छ, सरकारी सेवामा प्रवेश गरेपछि र यहाँसम्म आउनका लागि उनले गरेको संघर्षको कथाको शारांसः

स्कुल जस्तै घर

दिनेश भर्खरै चार वर्ष पुगेका थिए । तर हरेक दिन स्कुल पुग्थे । किनकी उनका बुवा भेरी प्रस्तावित माध्यमिक विद्यालयमा हेडमास्टर थिए । बुवाको हात समाएर हरेकदिन स्कुल जान्थे । यद्यपी उनी पढ्न नभइ रहरले विद्यालय गएका थिए । केही महिनापछि आफू जस्तै साना साथीसँग रमाउन थाले । केटोले पढ्छ कि भनेर बुवाले कक्षा १ मा भर्ना भरिदिए । अर्काे वर्ष साथीहरु कक्षा दुइमा भर्ना भए । तर उनले कक्षा १ मै पढ्नु प¥यो ।

हेडमास्टर भएका कारण परीक्षामा पास गराएर कक्षा दुइमा भर्ना गरिदिन सक्थे । तर बुवाले त्यसो गरेनन् । सानै भएका कारण अर्का वर्ष पनि कक्षा मै भर्ना गरिदिए । २०४९ सालदेखि उनलाइ घर र विद्यालय एउटै लाग्न थाल्यो । जसरी स्कुलमा पढ्नु पथ्र्याे, त्यसैगरी घरमा पनि बुवाले पढ्न लगाउँथे । ‘घरमा आउँदा पनि नपढेर बस्न पाउँथिन्, मेरा लागि त घर र विद्यालय एउटै थिए’ दिनेशले बाल्यकालको स्मरण गरे ।

वुवाको हेरचाह गरेकै कारण कक्षा पाँचसम्म स्कुल प्रथम भए । कक्षा ६ देखि वीरेन्द्रनगरको जनमाविमा अध्ययन गर्न थाले । बुवाकै नियन्त्रणबाट बाहिर गएपछि पढाइ पनि पहिलेको जस्तो उत्कृष्ट भएन । २०५९ सालमा एसएलसी दिने समय तर्खरमा थिए । तर स्वास्थ्यले साथ दिएन । त्यो वर्ष एसएलसी दिने सपना पुरा भएन । एसएसलसीपछि तत्कालिन वीरेन्द्रनगर बहुमुखि क्याम्पसबाट व्यवस्थापन विषयमा वीसीएस इन्टर, ब्याजलर र त्रिुूवन विश्वविद्यालय केन्द्रिय व्यवस्थापन विभाग कीर्तिपुरबाट एमवीएस अर्थात स्नातकोत्तरसम्मको अध्ययन प्रा गरेका छन् ।

घुम्न जाँदा जागिर मिल्यो

रानीघाट वीरेन्द्रनगरदेखि धेरै टाढा छैन । तर वीरेन्द्रनगरबाट हेर्दा रानीघाट बत्तिमुनीको अँध्यारो जस्तो छ । त्यही ठाउँमा उकाली ओराली गर्दै हुर्केका दिनेश भीरपाखा र डाँडाकाँडमा घुम्न मन पराउँछन् । ‘घना जंगल, डरलाग्दा भिरपाखामा पुग्दा छुट्टै आनन्द आउँछ’ उनी भन्छन्, ‘सायद गाउँमा हुर्किएर होला दुर्गम क्षेत्रमा घुम्न खुब मन पराउँछु ।’ नयाँ ठाउँको यात्रा गर्ने र साहित्य लेखनमा विशेष रुचि भएका उनलाई घुम्दाघुम्दै जागिर मिलेको छ । उनी घुम्नको लागि साथीभाइसँग मुगुको रारा पुगेका थिएँ ।

गाउँका सानोबुवा (काका) पनि मुगुमै शिक्षक थिए । रारा पुगेपछि उनलाई तत्काल फर्कन मन लागेन । रारा पुगेपछि केही समय त्यही बसेर रमाउन पाए हुन्थ्यो भन्ने लागेको थियो । संयोगबश करिव ४० महिना त्यही ठाउँमा जागिर खाने अवसर पाए । मुगुमा उनले प्लसटुका विद्यार्थीलाई व्यवस्थापन विषय पढाउने काम गर्थे ।

कर्णाली छोड्दैन

दिनेश निजामति क्षेत्रमा प्रवेश गरेको एकवर्ष पुगेको छैन । २०७६ पुस १ गतेदेखि निजामति क्षेत्रमा प्रवेश उनलाई यो क्षेत्र विशुद्ध सेवा गर्ने थलो जस्तो लागेको छ । ‘लेखाअधिकृत निजामति क्षेत्रमा सबैभन्दा आकर्षक पेशा मानिन्छ’ भण्डारी अनुभव सुनाउँछन, ‘भन्नेले लेखा अधिकृत पदमा दाम र नाम दुबै हुन्छ भन्छन्, तर मलाई सेवा गर्ने थलो जस्तो लाग्छ ।’

सानैदेखि आमाबुवाबाट नैतिक शिक्षा पाएका उनी भ्रष्टाचार र अनियमितता कल्पनासम्म गर्न नसक्ने बताउँछन् । ‘बुवा मास्टर भएका कारण मैले सिकेको सबैभन्दा ठूलो शिक्षा नैतिकता हो’ उनी भन्छन्, ‘लेखाअधिकृत भए भन्दैमा भ्रष्टाचार र अनियमितता गरेर शिर झुकाउँदैन बरु नागरिकलाई सेवा गरेर पुण्य कमाउँछु ।’ विकटतासँग रमाउने भण्डारी निजामति सेवामा रहदासम्म कर्णालीमै सेवा गर्ने बताउँछन् । ‘विकटताकै कारण कर्णाली प्रदेश कर्मचारीहर आउँदैनन्’ उनी भन्छन्, ‘म त विकटतासँग रमाउने मान्छे, परिआए जस्तो सुकै दुर्गममा जान तयार छु । तर कर्णाली प्रदेश छोड्दिन ।’

न्यायाधिश बन्ने रहर

‘केटो टाँठो छ, यसलाई वकिल पढाउनुपर्छ’ बाल्यकालमा दिनेशलाई हजुरवुवाले यस्तै भन्थे । ‘हजुरबालाई के इच्छा थियो कुन्नी ? सधै नातीलाई वकिल बनाउनुपर्छ भनिरहनु हु्न्थ्यो’ उनी भन्छन् ‘पढेर वकिल त भइयो, समयले लेखा अधिकृत बनायो, तर मलाइ अब भने न्यायाधिश बन्ने रहर छ ।’ न्यायाधिस बन्ने रहरले एलएलबी (कानून विषय) अध्ययन गरेका छन् । ‘अधिवत्ताको प्रमाणपत्र लिएर केही समय वकालत पनि गरेको छु’ उनी भन्छन्, ‘मैले लेखाको जागिर खाए पनि न्यायाधिश हुने रहर मरेको छैन ।’

उनले काठमाडौमा बस्दा कानुन व्यवसायी भएर वकालतको क्षेत्रमा काम गरेको थिए । ‘मैले रहरले भन्दा पनि आवश्यकताले कानुन पढेको हुँ’ कानून विषय पढ्नुको कारण उनी प्रष्टाउँछन् ‘बैंकिङ क्षेत्रमा फाइनान्स बुझेको कानुन व्यवसायी माग छ, जसले दिनेश भण्डारी लेखा अधिकृत, बनगाडकुपिण्डे नगरपालिका, सल्यान राष्ट्रसेवक सल्यानको बनगाडकुपिन्डे नगरपालिकामा लेखा अधिकृतको रुपमा कार्यरत छन् दिनेश भण्डारी ।

बुवा भिमबहादुर भण्डारी र आमा मोहनामाया पन्त (भण्डारी) बाट विसं २०४४ साल असार ४ गते उनको जन्म भएको हो । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ रानीघाटमा उनको जन्म भएको हो । गर्दा मैले कानुन पढेको हुँ ।’ नेपाल सरकारको स्थायी लेखाअधिकृत भइसक्दा पनि कानुन विषयमा स्नातकोत्तर (एलएलएम) गर्ने र न्यायाधिश हुने रहर मरेको छैन ।

अनि आमालाई धेरै सम्झिए…

कुरा २०७३ सालको हो । दिनेर काठमाडौंँमै एलएलवीको अध्ययन गर्दै थिए । परीक्षा नजिकिदै गरेका कारण ध्यान पढाइमै केन्द्रित थियो । राम्रो अंक ल्याउने सानो मेहनतले पुग्थेन । साथीभाइसँगको भेटघाटलाई पातलो बनाएका थिए ।

किनकी अन्य आवश्यकताभन्दा परीक्षाको तयारी उनका लागि सबैभन्दा महत्वपूर्ण थियो । त्यहीबेला उनी एक्कासी बिरामी परे । अस्पतालमा पुगे । डाक्टरलाई समस्या बताए । केही घण्टामै रिपोर्ट आयो । तर रिपोर्ट सामान्य थिएन । एकै पटक जन्डिस र निमोनिया देखियो । सुरुमा त जन्डिसलाई सामान्य रुपमा लिए । तर अवस्था सोचे जस्तो सामान्य थिएन । डाक्टरले अवस्था निकै जटिल छ भनेपछि आत्तिए । तत्काल घरमा बुवालाई फोन गरे । पैसा बोकेर उनका बुवा काठमाडौँ पुगे । तर चारदिन उपचार गराउँदा पनि उनलाई सन्चो हुँदैन भन्ने लाग्यो । डाक्टरको सल्लाह अनुसार नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा लगियो । ११ औँ दिनसम्म पुग्दा अरुलाई चिन्नै नसक्ने अवस्था पुगिसकेका थिए । ‘बाँच्ने वा मर्ने, आधा हाम्रो हातमा, आधा भगवानको हातमा छ’ डाक्टरले उनका बुवालाई यस्तै जवाफ दिन्थे ।

अन्ततः १८ दिनसम्म जन्डिस र निमानियाले हा¥यो, उनले जीते । ‘मलाइ त जीन्दगीको अन्तिम क्षणमा पुगेजस्तो भयो, बाँचुला भन्ने आश नै थिएन’ भण्डारी ति दिन सम्झदै सुनाउँछन् ‘अस्पतालको बेडबाट आमा, भाइ र गाउँघरका साथीभाइलाइ खुब सम्झीएँ ।’ त्यो समय उनको लागि जीवनको एउटा जटिल क्षण थियो । ‘म त सुपारी खाँदा पनि डराउने मान्छे, कुलतमा फस्ने कुरै थिएन’ उनी सुनाउँछन्, ‘दुःख पाउन लेखेको रहेछ । दुःख गरी हुर्काएको विरुवा फल दिनेबेला सुकेजस्तै हुने भयो अस्पतालको बेडमा यस्तै कुराहरु खेल्थे । अहिले नाफाको जिन्दगी बिताइ रहेको उनको तर्क छ ।

(२०७७ साउन ११ गते आइतबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया