भोलि रातिदेखि मनसुन फेरि सक्रिय हुने

काठमाडौं, ११ साउन ।

नेपालमा मनसुन फेरी सक्रिय भएकाले आज दिउँसो वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउने भएकाले भोलि रातिदेखि धेरै ठाउँमा वर्षा हुने र बाढी र पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर आज दिउँसोलाई भने ठूलो पानी वा लगातार वर्षाको संभावना छैन । आज देशभरीकै मौसम सामान्य बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।


यस्तै राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशको एकरदुई ठाउँमा चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । भोलि रातिदेखि मनसुन सक्रिय भई मंगलबार र बुधबार बाढी, पहिरो र डुबानको जोखिम भएकाले सकेसम्म यात्रा नगर्न, गर्नैपरे उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यसैबीच प्रिमनसुनको समयदेखि नै पानी परिरहेकाले यो वर्ष पहिरोको जोखिम बढेकाले थप सतर्क हुनुपर्नेमा जोड दिएका छन् । यसपटकको मनसुन सक्रिय भएपछि औसतभन्दा निकै धेरै वर्षा भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार