स्यार्पुतालमा बेपत्ता अनिलको शव भेटियो

प्रचण्ड खत्री 

रुकुम पश्चिम, १० साउन ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका ३ र ५ को बिचमा पर्ने स्यार्पुतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अनिल घर्ति मगरको आज सब भेटिएको छ । साउन ७ गत्ते पौडी खेल्ने क्रममा तालमा डुबेर बाफिकोट गाउपालिका वडा नम्बर ५ का २० बर्सिय अनिल घर्ति मगरको शब फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पशिमका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ठग बहादुर के सीले बताए ।


ईलाका प्रहरी कार्यालय बाफिकोटबाट खटि गएको प्रहरी र गाउँपालिकाका जनप्रतिनिधिको सहयोगमा स्यार्पुतालको उत्तर दिशामा डुबेर तैरेको अवस्थामा उनको शब फेला परेको र थप अनुसन्धान प्रकृया भैरहेको प्रहरीले जनाएको छ । सोहि दिन डुबेर बाफिकोट गाउपालिका वडा नम्बर ५ बडगाउका २३ बर्षिय लोक बहादुर घर्तिको पौडी खेल्ने क्रममा निधन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार