कर्णालीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टी

सुर्खेत, १० साउन ।

कर्णाली प्रदेशमा शनिवार थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २७ जनामा संक्रमण पुष्टी भएको हो ।

सुर्खेतका ११ जना, दैलेखका २ जना, अछामका २ जना, कालिकोटका ३ जना, हुम्लाका १ जना र मुगुका २ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै संक्रमितको संख्या एक हजार ८ सय ५१ पुगेको छ ।

कर्णालीमा शनिवार ५४ जना कोरोनामुक्त भई घर फर्किएका छन् । प्रदेश अस्पतालबाट ३ जना, सिम्ता आइसोलेसन सेन्टरबाट ३० जना, गुर्भाकोट आइसोसेलन सेन्टरबाट ३ जना, पञ्चपुरी आइसोलेसनबाट ११ जना, सल्यान अस्पतालबाट ६ जना र कालिकोट अस्पतालबाट १ जना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीले बताए । यो संगै कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या एक हजार ६ सय ३९ जना पुगेको छ ।

कर्णालीमा २ सय ६ जना सक्रिय संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया