हुम्ला, ९ साउन ।
जिल्लामा पैसाको अभाव भएका बेला हवाई मार्गबाट पैसा पु¥याइएको छ । राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाले नेपाल राष्ट्रसँग माग गरेको केही दिन भित्र जिल्लामा पैसा आई पुगेको हो । पैसाको अभाव भएका बेला हुम्ला जिल्लामा बीस करोड पैसा आइपुगेको छ ।
आर्थिक वर्षको समाप्ती संगै बैंकहरुमा पैसाको अभाब भएका बेला राष्ट्र बैंक नेपालगंजबाट पैसा आइपुगेको हो । बैंकमा पैसाको अभाब हुन थालेको पाँच पछि राष्ट्र बैंक नेपालगंजबाट बुधवार पैसा हवाई मार्गबाट आई पुगेको राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाकी प्रबन्धक सबिता शाहीले बताइन् । आर्थिक वर्षको अन्त भएको कारण बिभिन्न बिकासे योजनाको भुक्तानी धेरै दिनु पर्दा बैंकमा पैसाको अभाव भएको थियो ।
जिल्लाको माग अनुसार राष्ट्र बैंक नेपालगञ्जले बीस करोड पठाए पछि अब पैसाको समस्या समधान हुने भएको छ । बाणिज्य बैंकलाई दश देखि पन्द्र करोड रुपियाँको आबश्यकता रहेको बेला आवश्यक पैसाको ब्यबस्था भएपछि समस्या समाधान हुने भएको छ। बाणिज्य बैंकमा पैसा आएपछि भुक्तानी लिनेको लामो भिड लागेको छ । सो बैंकले पैसाको अभाब भएपछि एक दिनमा पाँच हजार मात्र भुक्तानी दिनु परेको थियो । यसबाट आर्थिक वर्ष समाप्तिका बेला भुक्तानी लिने धेरै सेवाग्राही मर्कामा परेका थिए ।
युग संवाददाता । । ९ श्रावण २०७७, शुक्रबार १०:५८