गाउँपालिका अध्यक्षद्धारा विभिन्न योजनाको अनुगमन

प्रचण्ड खत्री

रुकुम पश्चिम, ९ साउन ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाका विभिन्न योजनाको अनुगमन गरिएको छ । बाफिकोट गाउपालिका वडा नम्बर ४ र ९ को बिचमा रहेको झोलुंगेपुल, बाफिकोट गाउँपालिका वडा नम्बर ३ मा रहेका जनता आवास कार्यक्रम अन्तरगत अति बिपन्न परिवारका लागि निर्माण गरिरहेका ७ घरको अनुगमन , बाफिकोट गाउँपालिका वडा नम्बर ३ भागले टोलमा निर्माण गर्न थालिएका २ वडा आरनको गाउपालिका अध्यक्ष धर्म बहादुर केसी र गाउँपालिका शाखाका कर्मचारीले अनुगमन गरेका थिए ।

झोलुंगेपुलको सामान खरिद शाही निर्माण सेवाले लिएको थियो भने अन्य काम भने उपभोक्ता समिति मार्फत गराईरहेको स्थानीय हरुले बताएका छन । त्यस्तै प्रदेश सरकार अन्तरगत जनता आवासको लागि १ घर बराबर ३ लाख १० हजारका दरले निर्माण गरिएको बाफिकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए । भाग्ले गाउँमा निर्माण गरीएका २ वटा आरन भने गाउँपालिका अन्तर्गत ४० हजारका दरले निर्माण गरिएका छन ।

अनुगमनमा बाफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसी , प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ, लेखापाल केशब प्रशात ओली , शिक्षा शाखा अधिकृत ज्ञान बहादुर खड्का, ओभरसिएट दिपक शाह , दलित नेता भूबन विक, अधिकारकर्मी दिपक विक , लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया