बस्नेतको नेतृत्वमा तरुण दल गठन

दुर्गा विसी

सल्यान, ९ साउन ।

सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा विजय बस्नेतको नेतृत्वमा तरुण दल गठन भएको छ । बस्नेतको नेतृत्वमा ११ सदस्यीय तरुण दल गठन भएको नेपाली कांग्रेस बनगाड नगर सभापति टोपवहादुर भण्डारीले जानकारी दिए ।


तरुणदल गठन कार्यक्रम नेपाली कांग्रेस जिल्ला तरुणदलका अध्यक्ष सन्तोष केसी, जिल्ला समन्वय समिति प्रमुख केसवहादुर विष्ट र शारदा नगरपालिकाका मेयर शुरेस अधिकारले धारण राखेका थिए ।

साथै नेपाली कांग्रेस बनगाडमा केही भित्र नेकपा पार्टी परीत्याग गर्नेहरुलाई प्रवेश कार्यक्रम समेत रहेको जनाएको छ । नेकपामा ठुल्लै पहिरो जाने समेत नेताहरुले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार