काठमाडौं, ८ साउन ।
नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय ४१ पुगेको छ ।
बिहीबार काठमाण्डौमा पाँच, भक्तपुर र ललितपुरका दुईरदुई जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
अहिलेसम्म तीन लाख ३१ हजार ९५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ भने बिहीबारसम्म पाँच हजार तीन सय ५८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । अहिलेसम्म १२ हजार आठ सय ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा एक सय ५६ जना निको भएका हुन् ।
बिहीबार कोरोना सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।
युग संवाददाता । । ८ श्रावण २०७७, बिहीबार १९:२२