युवा व्यवसायी तीर्थले गरे साझा घरमा फलफूल वितरण

सुर्खेत, ८ साउन ।

सुर्खेतको वीरेन्द्रगरस्थित सुनचाँदी व्यवसायी तथा समाजसेवी तीर्थ सुनारले साझा घरमा रहेका असाहयहरूलाई फलफूल वितरण गरेका छन् । उक्त साझा घरका असाहयहरूको मागका आधारमा उनले फलफूल वितरण गरेका हुन् ।


साझा घरमा रहेका २७ जनालाई केरा र आँप सहयोग गरेको सुनारले बताए । ‘मान्छे ढुंगालाई पूजा गर्छन,’ उनले भने, ‘तर दुखी असाहयलाई कमले मात्र पुज्छन् ।’ भगवान् ढुंगामा नभेटिने भन्दै उनले भने, ‘दुखी, गरिब र असाहयलाई सहयोग गर्दा त्यहाँ भगवान् भेटिनुहुन्छ ।’ यसभन्दा पहिला पनि उनले साझा घरमा सहयोग गर्दै आएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार