विभिन्न अपराधमा संलग्न अभियुक्तलाई सम्बन्धित जिल्लामा बुझाइयो

सुर्खेत, ८ साउन ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न अपराधमा संलग्न रही फरार रहेका र अदालतबाट फैसला भइ कैद र जरिवाना भुक्तान नगरेका अभियुक्तहरुलाई सम्बन्धित जिल्ला अदालतमा बुझाएको छ ।

साउन ५ गते कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका दैलेख दुल्लु नगरपालिका १० बस्ने विष्णुबहादुर थापालाई सुर्खेतको बाङ्गेसिमलबाट पक्राउ गरी जिल्ला अदालत दैलेखमा बुझाइएको छ ।

त्यस्तै, साउन ७ गते बुधवार जबरजस्ती करणी मुद्दाका ३ वर्ष कैद तोकिएका दैलेख डुङ्गेश्वर गाउँपालिका ३ बस्ने टोपबहादुर खत्रीलाई वीरेन्द्रनगर १२ चनौटेबाट पक्राउ गरी जिल्ला अदालत दैलेखमा बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

यस्तै, विहीवार (आज) चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएका वीरेन्द्रनगर १ बस्ने नवराज शर्मालाई सोही स्थानबाट पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा बुझाइएको प्रहरी बरिष्ठ उपरीक्षक बास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया