काठमाडौं, ८ साउन ।
यातायात व्यावसायीहरुले आज (विहीबार) बाट सार्वजनिक यातायातका साधन चलाउने भएका छन् । सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका हुन् ।
काठमाडौं उपत्यका लगायत देशैभर छोटो दुरीमा आजबाट सार्वजनिक सवारी साधान गुड्नेछन् । एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाईने छैन । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपूर जिल्लामा आवतजावत गर्न रोक लगाईने छैन ।
यसैबिच, सरकारले लकडाउन अन्त्य गरेको बताएपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ । लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको थियो ।
(इमेजखबरबाट साभार)
युग संवाददाता । । ८ श्रावण २०७७, बिहीबार ०९:१७