सुर्खेतमा मास्क प्रयोग नगर्नेबाट एकलाख राजस्व

सुर्खेत, ८ साउन ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गर्दा एकलाख राजस्व संकलन गरेको छ । कार्यालयले दुई सातामा एक हजार ५९ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति एक सय रुपैयाँका दरले एक लाख पाँच हजार नौ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

कोभिड १९– को संक्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई एक सय रुपैयाँ जरिबाना गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिबाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही स्वरुप जरिवाना तिराइएको बताए ।

तपाईको प्रतिक्रिया