कर्णालीमा २२ जना कोरोना संक्रमित थपिए

सुर्खेत, ७ साउन ।

कर्णाली प्रदेशमा बुधबार २२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।


स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट रास्कोट नगरपालिकाका ६ जनामा र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख ठाँटीकाध गाउँपालिकाका १६ जनामा कोरोना पुष्टी भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या १७ सय ८३ पुगेको छ ।

कर्णालीमा बुधबार १३ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट ५ जना, र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ४ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीले बताए । कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या १ हजार ५ सय ४६ जना पुगेको छ । हाल संक्रिय संक्रमित २ सय ३१ जना रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार