आज ४२ औं पुष्पलाल स्मृति दिवस

सुर्खेत, ७ साउन ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज देशभर मनाइँदैछ । दिवसका अवसरमा पुष्पलालको सम्झना गर्दै आज विहान नेकपा सुर्खेतले हार्दिक श्रद्धाञ्जली सभा आयोजाना गरेको थियो ।नेकपाका सुर्खेत शाखाका अध्यक्ष शिबप्रसाद उपाध्यायको अध्यक्षतामा श्रद्धाञ्जली सभा गरिएको हो ।

श्रद्धाञ्जली सभामा नेकपा केन्द्रिय सदस्य नरबहादुर विष्ट, चन्द्र बहादुर शाही, नेकपा सुर्खेतका सचिब कृष्ण जिसि, लगायत प्रदेश तथा जिल्ला तहका नेताहरु सहित विभिन्न प्रतिस्ठानका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

वि.सं. १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शवसमेत नेपाल ल्याउन दिएको थिएन । वि.सं. १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्नका लागि उहाँले राजनीतिक यात्रा शुरु गरेका थिए ।


नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन् । पुष्पलालले आफू कम्युनिस्ट बन्नुभन्दा पहिले बनारसमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस पार्टीको कार्यालय सचिव भएर काम गरेका थिए ।

पुष्पलालले वि.सं २००६ मा निरंजनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलाससहित मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । कांग्रेस छाडेपछि चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्व युद्धबारे समेत उनले अध्ययन गरेपछि नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेकपा स्थापना गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार