सल्यानका दश स्थानीय तहको बेरुजु २२ करोड

सल्यान, ७ साउन ।

जिल्लाका १० स्थानीय तहको बेरुजु रकम २२ करोड रुपैयाँभन्दा बढी देखिएको छ । महालेखा परीक्षणको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो । सबैभन्दा धेरै बनगाड कुपिण्डे नगरपालिका र सबैभन्दा कम बेरुजु कपुरकोट गाउँपालिकाको देखिएको छ ।

बनगाड कुपिण्डेको कुल ८१ करोड ३० लाख ३० हजार रुपैयाँको लेखापरीक्षणमा तीन करोड ४९ लाख ४३ हजार बेरुजु देखिएको छ । यस्तै छत्रेश्वरी गाउँपालिकाको ६६ करोड ५० लाख ७ हजारको लेखापरीक्षण गरिएको रकममा ३ करोड २१ लख ९९ हजार बेरुजु देखिएको छ ।

तपाईको प्रतिक्रिया