कर्णालीमा १२ जना कोरोना संक्रमित थपिए

सुर्खेत, ६ साउन ।

कर्णाली प्रदेशमा मंगलवार थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख जिल्ला अस्पताल र चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।


प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख ढुङ्गेश्वर गाउँपालिका–१ का ३३ वर्षिया पुरुष र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २८ वर्षिया पुरुष, दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख दुल्लनु नगरपालिका– ८ का १९, २०,२०, २४ वर्षिया पुरुष, गुराँस गाउँपालिका–८ २७ वर्षिया पुरुष, नारायण नगरपालिका–१ का २२ वर्षिया पुरुष, २०, २३ वर्षिया महिला, नारायण नगरपालिका–८ का ३१ वर्षिया पुरुष र चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिका–४ का २१ वर्षिया पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले बताए । कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६१ पुगेको छ ।

त्यस्तै, कर्णालीमा मंगलबार १४ जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट १४ जना (१२ पुरुष, २ महिला) डिस्चार्ज भएको डा. तिवारीले बताए । कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ३३ पुगेको छ । अहिले कर्णालीमा संक्रिय कोरोना संक्रमित २ सय २२ जना रहेका छन् । कोरोनाका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार