दुर्गा विसी ।
सुर्खेत, ६ साउन ।
सुर्खेत सिम्ता गाउँपालिकामा जागिरे कर्मचारीले पार्टीको सदस्य त्याग्न सुरु गरेका छन् । प्रचलित कानुन ऐन अनुसार राजनीति पद धारण गरेका कर्मचारीले पार्टीबाट राजिनामा दिन थालेका छन् । पार्टीको जिम्मेवारी पोष्टमा बसेका स्वास्थ्य इकाई खनेटाका इन्चार्ज राम प्रशाद शर्माले स्फुर्त रुपमा नेकपा वडा सदस्यबाट राजनीतिमा दिएका छन् ।
गाउँपालिकाको करार कर्मचारी भएकोले उक्त राजिनामा गाउँपालिमा पेश गरेको जनाएको छ । निजामती कर्मचारी, शिक्षक ऐन अनुसार कुनै पनि व्यक्ति कर्मचारी भए पश्चात् राजनीतिक पार्टीको सदस्य वा पद धारण गरेमा परिच्छेद ७ को बुँदा नं ४४ र ६१ बमोजिम प्रचलित कानुन अनुसार र ऐन बमोजिम सेवाबाट हटाउने साथै बरखास्त गर्ने कुरा उल्लेख छ ।
पार्टीको पदाधिकारी वा अन्य कुनै पोष्टमा रहेको छ भने दुई कुरा रोज्न अनुरोध गरिएको छ । करार सम्झौता गर्दा जुनसुकै पार्टीको सदस्यता त्याग्नुपर्छ । प्रचलित कानुनी प्रक्रिया र ऐन बमोजिम गाउँपालिकाले सोहि निकायले तलव भत्ता खुवाउने कर्मचारीले आफु खुसि गरिएको राजिनामा स्विकिर्ती मात्रै गरिएको जनाएको छ । शिक्षक, कर्मचारीले कुनै पनि पार्टीको पदधारण गरेको उजुरी आएमा चाहे निजामती होस चाहे शिक्षक होस कानुनी पाटो अनुसार कारवाहि अघि बढ्ने जनाएको छ ।
युग संवाददाता । । ६ श्रावण २०७७, मंगलवार १४:३१