भोकमरीको चिन्ता

हुम्ला, ६ साउन ।

लगातारको वर्षासँगै आएको पहिरोले हुम्लाको ताँजाकोट गाउँपालिकाको खेती गरिएको जमिन बगाएको छ । धान, कोदो र मकै लगाएको खेतबारी पहिरोले बगाएको हो । पहिरोले खेती लगाएको जग्गा बगाएको ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय जगत शाहीले बताए ।


भरखर लगाएको धान र गोडमेल गरि सकेको कोदो, चिनो र मकै बगाउँदा ठूलो क्षति भएको हो । बाली लगाएको जग्गा पहिरोले बगाएपछि स्थानीय बासिन्दामा भोकमरीको चिन्ता थपिएको छ । ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ देखि ६ नम्बर वडाको करिब एक हजार खेती लगाएको जग्गा पहिरोले बगाएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार