रुकुम पश्चिमका खोलामा पानीको वहाव बढ्यो

प्रचण्ड खत्री ।

रुकुम पश्चिम, ५ साउन ।

रुकुम पश्चिममा नियमित बर्षाका कारण खोलामा पानी वहाव बढेको छ । बाफिकोट गाउँपालिकाको वडा नम्बर ४ र ६ मा पर्ने बडगाई खोलामा काठेपुल निर्माण गर्न सुरु गरिएको छ । बर्षौ देखि वडा नम्बर ६ , ७ , ८ का स्थानीयलाई आवातजावत गर्न कठिनाई भएपछि कर्णाली प्रदेश मुख्य मुख्यमन्त्री कार्यक्रम अन्र्तगत उक्त कार्यक्रमको २ लाख बराबरको सडक मर्मत सम्भार खर्च गर्ने गरी काठेपुल निर्माण गर्न लागिएको बाफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले जानकारी दिए ।

धेरै लामो समय देखि उक्त खोलामा काठे पुल निर्माणमा कुनै पनि सरकारी र गैरसरकारी संथाले अहिले सम्म ध्यान दिएका थियनन , बर्षौ साल वारपार गर्न जोखिम मोलिरहेको र काठे पुल निर्माण भएपछी जोकिम हट्ने गाउपालिका अध्यक्ष केसीले बताए । अहिले उक्त खोला ७ जनाको समुहले दैनिकी मोटरसाईकल ७ देखि १० वटा सम्म खोला तार्ने गरेको स्थानीय रुपेश दाहालले बताए ।

बर्षाको याममा खोला कतिबेला कति पानीको बहाब बढ्छ भने कुराको थाहा हुदैन जोखिम उतिकै छ । तर पनि यात्रुको समस्यालाई मध्य नजर गर्दै १ वटा मोटरसाईकल तराए बाफत ५०० सय लिने गरेको दाहालको भनाई छ र बिगतमा काठे पुल नहुदा एकै घरका श्रीमान र श्रीमतीको ज्यान गएको थियो भने बर्षौ साल व्यापारीले भैसी र गोरु बगाउने गरेको स्थानीय ब्यापारी बिर बहादुर खड्काले बताए र उक्त खोलामा काठेपुल निर्माण भएपछी मानिस र पशु चौपायालाई आवातजावात गर्न सहज हुने बिश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया