सुर्खेत, ५ साउन ।
कर्णाली प्रदेशमा सोमवार थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४ जना सल्यानका १ जना, कालिकोटका १ जना, हुम्लाका १ जना दैलेखका १ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा १ जना र भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार सात सय ४९ पुगेको छ ।
त्यस्तै कर्णालीमा सोमवार ८ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । प्रदेश अस्पतालबाट ३ जना, सान्नित्रिवेणी आयसोलेसन सेन्टर कालिकोटबाट ५ जना संक्रमणमुक्त भइ घर फर्किएको डा. तिवारीले बताए । प्रदेशमा हाल २ सय २४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । उनीहरुको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कर्णालीमा ६ जनाको भने कोरोना र्संक्रमणबाट मृत्यु भइसकेको छ ।
युग संवाददाता । । ५ श्रावण २०७७, सोमबार १९:२२