सलहको झुन्ड कर्णालीको नौ जिल्लामा पुग्यो, ४० प्रतिशत बालीमा क्षती

सुर्खेत, ५ साउन ।

सलहको झुन्ड कर्णाली प्रदेशको नौ वटा जिल्लामा पुगेको छ । भारतको राजिस्थानबाट नेपाल प्रवेश गरेको सलह सुर्खेत, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यान, जुम्ला, कालिकोट, हुम्ला, डोल्पामा पुगेको कृषि निर्देशनालय सुर्खेतका निमित्त निर्देशक चित्र रोकायले जानकारी दिए । उनले मुगु बाहेकका नौ जिल्लामा सलहको झुन्ड प्रवेश गरेको र सबैभन्दा बढी मकै बालीमा क्षति पु¥याएको बताए ।

निमित्त निर्देशक चित्र रोकायले कर्णालीमा ३ वटा सलहको झुन्ड प्रवेश गरेको जानकारी दिए । उनले सबैभन्दा ठुलो झुन्ड भेरीगंगानगरपालिका सुर्खेतको वडानम्बर १३ मा प्रवेश गरेको बताए । भेरीगंगानगरपालिकामा एक रात बसेको सलहले मकै बालीमा ४० प्रतिशत क्षती पु¥याएको उनको भनाई छ । त्यस्तै, सलहको अर्काे झुन्ड लेकवेशी नगरपालिकामा पनि प्रवेश गरेको छ । निमित्त निर्देशक रोकायका अनुसार सलहको झुन्ड अहिले रतुमा पुगेको छ ।

निमित्त निर्देशक रोकायले सलहको झुन्ड फेरी साउन महिनाको अन्तिममा सुर्खेत आउन सक्ने सम्भावना रहेको बताए । उनले सलह एकै ठाउँमा बस्न नसक्ने भएकाले सबै जिल्लामा पुगेको जानकारी दिए ।

सलह नियन्त्रणका लागि तत्काल कुनै औषधि तथा प्रविधि नभएकाले ढ्याङ्ग्रो ठटाएर, बाजा बजाएर र धुँवा बालेर सहल भगाउन उहाँले किसानलाई आग्रह गरे । यस्तै, उनले सलहले क्षति पु¥याएको किसानलाई सरकारले राहतको प्याकेट ल्याउनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया