मन्दिरमा पुजा गर्दा गर्दै महिलाको मुत्यु

ओम शाही

सुर्खेत, ५ साउन ।

सुर्खेतको बराहताल गाउँपालिका–८, भट्टेघाडीमा एक महिलाको पुजा गर्दै गर्दा मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे तिर साउने सोमबारको अवसरमा मन्दिरमा जल चढाउने क्रममा सोही ठाउँ घर भएकी अन्दाजी ५० वर्षिय महिला लक्ष्मी शाहीको मृत्यु भएको हो ।

पुजा गर्नेक्रममा बेहोस भएकी उनको होस् नै नखुली मृत्यु भएको स्थानीय भैरव प्रावि की शिक्षिका मनिषा शाहीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया