दैलेख, ५ साउन ।
दैलेखमा सलह प्रवेश गरेको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह अहिले दैलेखमा फैलिँदै गएको छ । कृषि ज्ञान केन्द्र दैलेखका निमित्त प्रमुख तिलक पाण्डेका अनुसार सलहका दुई ठूला झुन्ड सुर्खेत हुँदै दैलेख प्रवेश गरेको हो ।
शनिवार पहिलो पटक गुराँस गाउँपालिकामा देखिएको सलहको झुन्ड नारायण नगरपालिका क्षेत्र प्रवेश गरी किसानले लगाएको मकै र केही मात्रामा धानमा क्षति पु¥याएपछि सलहको झुन्ड दैलेखको पूर्वी भागतिर प्रवेश गरेको छ । सलह आएपछि किसानहरुले थाल, टिन ठटाएर, आगो बालेर सलह भगाउने काम गरिरहेका छन् ।
सलह भगाउन कृषि ज्ञान केन्द्र दैलेखले तत्कालका लागि विषादीको प्रयोग नगरिने जनाएको छ । ठूलो संख्यामा सलहको दुई ठुलो झुन्ड जिल्ला प्रवेश गरेकाले बढी मात्रामा क्षति गरे विषादीको प्रयोग गरिने कृषि ज्ञान केन्द्र दैलेखका निमित्त प्रमुख तिलक पाण्डेले बताए ।
युग संवाददाता । । ५ श्रावण २०७७, सोमबार १०:१५