कानुनविपरित दोहोरो सुविधा

सुर्खेत, ५ साउन ।

कर्णालीका केही जनप्रतिनिधिले राज्यकोषको रकमबाटै व्यक्तिगत बिमा गरेका छन् । कालिकोटको रास्कोट नगरपालिकाले पदाधिकारीहरुको बीमाबापत सातलाख ३५ हजार रुपैयाँ दुरुपयोग गरेका छन् ।

 

दैलेखको नारायण, चामुन्डाविन्द्रासैनी र मुगुको छायाँनाथ रारा नगरपालिकाका जनप्रतिनिधिले १३ लाख ३६ हजार रुपैयाँ दोहोरो सुविधा लिएका छन् । जनप्रतिनिधिले लिएको सुविधा अशुल गर्नुपर्ने महालेखाले औल्याएको छ ।

त्यस्तै २० वटा नगरपालिकाले प्रतिमहिना वडामा बैठक भत्ताबापत पाँच करोड ८० लाख ३७ हजार र ३३ वटा गाउँपालिकाले मासिक बैठक भत्ताबाफत पाँच करोड सात लाख तीन हजार रुपैयाँ लिएका छन् । ६ वटा नगरपालिकाले पोशाकभत्ता बापत १९ लाख ५० हजार र ११ वटा गाउँपालिकाले ३३ लाख ८७ हजार लिएका छन् ।

यसअघि कर्णाली प्रदेशका जनप्रतिनिधिहरुको ऐन अनुसारमा बैठक भत्ताको व्यवस्था गरिएको थिएन । त्यतिमात्रै होइन, यहाँका विभिन्न पाँच वटा नगरपालिकाले कानुनी आधार विना नै सल्लाहकार, स्वकीय सचिव र भान्से नियुक्त गरेका छन् । जसका लागि ३४ लाख ८३ हजार पारिश्रमिक अवैधानिक भएको महालेखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया