नेपालमा एक सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण

काठमाडौं, ४ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ५६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सक्रिय र निको भएकासमेत गरी कोरोना पुष्टि हुनेको सङ्ख्या १७ हजार ६ सय ५८ रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मा आठ सय ३०, प्रदेश नम्बर २ मा चार हजार पाँच सय ५१, वाग्मती प्रदेशमा आठ सय ५६ र गण्डकी प्रदेशमा एक हजार तीन सय ८१ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा चार हजार एक सय ७२, कर्णाली प्रदेशमा एक हजार आठ सय १४ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५४ जनामा सङ्क्रमण देखिएको छ । अहिले देशका विभिन्न आइसोलेशनमा पाँच हजार नौ सय २३ जना सङ्क्रमित उपचाररत छन् ।

आइतबार ५८ सहित अहिलेसम्म ११ हजार ६ सय ९५ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिले देशभरिका क्वरेण्टीनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया